ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा लकडाउन : दलको एकदिने नेपालबन्द कि राज्यको दिउंसो लाग्ने कर्फु ?[भिडियो सहित]


sharan sharan
बैशाख ७, २०७७ आईतबार   १२ : ५९   बजे

सरकारले मुलुक भरी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेपनि प्रदेश नँबर ५ को अस्थायी राजधानी बुटवलमा भने सरकारको लकडाउन अमुक राजनितीक पार्टीको नेपाल बन्द वा स्थानीय प्रशासनको निश्चित समयका लागि लगाईएको कर्फू जस्तै देखिएको छ ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै मुलुकभरी लकडाउनको घोषणा गरेको छ । गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन कतिपय स्थानहरुमा राम्रैसंग पालना भए पनि प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा भने अत्यन्त फितलो देखिएको छ । लकडाउनको पालना गर्दै घर भित्रबाट बाहिर ननिस्कनुपर्नेमा बुटवलमा अधिकांस नागरिकहरु दलको नेपाल बन्द जस्तै बिहान र सांझ बजार घुम्नकै लागि निस्केने गरेकाछन् । राज्यले अत्यावश्यक वस्तु बाहेकका सबै ब्यापार ब्यवसाय देखि उद्योग कल कारखाना बन्द गर्न आह्वान गरेपनि बुटवलमा मदिरा पसल देखि कष्टमेटीक पसल र रेडिमेड कपडाका पसलहरुले समेत ब्यापार ब्यवसाय गरिरहेकाछन् । तरकारी किन्ने बहाना, खाद्यान्ह किन्ने बहाना, औषधी किन्ने बहाना, फलफुल किन्ने बहाना हरेक बहानामा नागरिकहरु घर बाहिर निस्केको दृष्य हेर्न बुटवल पुगे हुने अवस्था सिर्जना भएको छ । राज्यले भन्ने गरेको सामाजिक दुरीका बिषयमा मानौ नागरिकलाई केहि थाहा छैन । ढुक्कसंग एउटा पसलमा दशौं टाउकोहरु सामान किन्न झुम्मीएको अवस्था समेत बुटवलमा देख्न सकिन्छ ।
त्यसो त संघिय सरकारको गृह मन्त्रालयले प्रदेशको आन्तरिक मामीला तथा कानुन मन्त्रालय, स्थानीय तह तथा मन्त्रालय मातहतका निमायलाई लक डाउनलाई कडा बनाउन पटक पटक निर्देशन गरेको बताउंदै आएको छ, तर प्रदेश नम्बर ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले भने लकडाउन कार्यान्वयन गर्ने बिषयमा सरकारहरुका बिच समन्वय हुन नसकेका कारण लकडाउन खुकुलो भएको बताउनुहुन्छ ।
उता लकडाउन कार्यान्वयनको मुख्य जिम्मेवारी लिएर बसेको नेपाल प्रहरीले भने प्रहरीले रातदिन भोक प्यास नभनि कार्यान्वयनमा क्रियाशिल रहेपनि केहि स्थानीयबासीले लक डाउन र कोरोना संत्रासलाई नजरअन्दाज गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई आरोप लगाउनुहुन्छ ।
प्रहरीले फाटफुट कारवाहिका नाममा १,२ दर्जन मोटरसाईकलको सांचो खोस्ने र एकैछिनमा छाडीदिने तथा निजी कार र हुनेखानेवर्गलाई चेकजांच नै नगर्ने गरेको पाईएको छ । संक्रमित रोग ऐन अनुसार कसैमाथि कारवाहि नचलाईएकाले पनि नागरिकमा सरकारको निर्देशन पालना गर्ने कुरामा नागरि गम्भीर नबनेको देखिएको छ । डिएसपी भट्टराईले पनि सम्झाईबुझाई गर्ने बाहेकको कारवाहि नगरेको स्विकार गर्नुहुन्छ ।
सरकारी लकडाउन कुनै दलको उद्देश्य प्राप्त गर्न आह्वान गर्न गरिएको नेपाल बन्द होईन । लकडाउन कुनै घटना बिशेषलाई साम्य पार्न राज्यले जारी गरेको कर्फ पनि होईन । नागरिकलाई कारोना भाइरसको संक्रमणबाट जोगाउन राज्यले घोषणा गरेको लकडाउन सबैले पालना गर्न जरुरी छ । आफ्नै जिउ जोगाउन पनि प्रहरीले कारवाहि नै चलाउनु पर्ने जस्तो बिडम्बना अरु के नै हुन सक्छ र ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group