ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाक्टर ट्रम्पको औषधी मोह


एबीसी न्यूज

छवी सुवेदी
छवी सुवेदी

हाइड्रोक्सीक्लोरोक्वीन लगायत केही औषधीको निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ। अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधीको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतका प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। ट्रम्पले गएको आइतबार यदि प्रतिबन्ध नहटाए भारतमाथी कार्वाही गर्ने चेतावनी दिएका थिए। औषधीको संसारमा हाइड्रोक्सीक्लोरोक्वीन यतिबेला सबभन्दा बढी चर्चामा छ। सन् १९३४ मा हान्स एन्डरसागले क्लोरोक्वीन पत्ता लगाए। उनले त्यतिबेला यसको नाम रेसोचिन राखेका थिए। यो औसधि सन् १९४७ मा पहिलोपटक अमेरिकामा मलेरिया विरुद्ध प्रयोगमा आयो। हाइड्रोक्सीक्लोरोक्वीन क्लोरोक्वीनकै संस्करण हो। यो मलेरियाका साथै अर्थराइटिस र अन्य केही रोगका निमित्त उपयोगी छ।

ट्रम्पले कोरोना भाइरसको प्रकोप देशमा भित्रीसकेपछी पनि सावधानी अपनाउने कुरालाई प्रमुखता दिएनन् । उनी स्वयंले मास्कको प्रयोग गरेका छैनन् । स्वास्थ्य सम्बन्धी नीतिनिर्माताहरुको सल्लाह मानेका छैनन् । अमेरिकाको प्रजातन्त्रलाइ उनले लकडाउन गरेर थुन्न मन पराएका छैनन् । आज अमेरिकी नागरिकमाथी कोरोना भाइरसको चोटको भार कम छैन। समयमै सामाजिक दुरि कायम गर्ने, आवतजावत र भिडभाडको नियन्त्रण गर्ने जस्ता उपायहरु अबलम्बन गरेको भए अमेरिकाले कोरोना संक्रमणको यो भयावह स्थिति सामना गर्न पर्ने थिएन होला।

लामो समय संक्रामक रोगसम्बन्धी काम गरेका अधिकारी एन्थोनी फाउसीले डोनाल्ड ट्रम्पलाइ सम्झाउन सकेका छैनन् ।
गत मार्च १७ मा प्रकाशित माइक्रोबायोलोजिकल जर्नलमा फ्रान्सका डाक्टरहरुले लेखे अनुसार कोरोना भाइरसका सन्क्रमीत छ जना बिरामीहरुलाइ उनीहरुले हाइड्रोक्सीक्लोरोक्वीन र एजिथ्रोमाइसीन दिए। छ दिन पश्चात् जाँच गर्दा ती बिरामीहरुमा भाइरस भेटिएन। यो खबर अमेरिका पुग्यो। ट्रम्पले अत्यन्तै उत्साहित भएर औसधि विज्ञानको इतिहासले कोल्टे फेर्न थालेको भन्दै ट्वीट गरे। उनले न्युयोर्कका बिरामीहरुलाइ हाइड्रोक्सीक्लोरोक्वीन खुवाउन डाक्टरहरुलाइ आग्रह गरे। यो औसधिले भाइरसमा पार्ने प्रभावबारे सन् २००४ मा चीनमा अनुसन्धान भएको थियो।

उक्त अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वीनले सार्स भाइरसको वृद्धिलाई रोक्न मद्दत गर्ने निचोड निकालेको थियो। तर यसको प्रभावकारिताबारे चीनिया अनुसन्धानले आज पनि थप केही बोलेको छैन। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयसका अनुसार कोरोना भाइरसको उपचार सम्बन्धमा अनुसन्धान भैरहेको छ। उनले भने अनुसार केही औसधि कोरोना उपचारमा प्रभावकारी भएको समाचारहरु आएका छन् ता पनि निचोड निकालीहाल्ने बेला भएको छैन।

विश्व स्वास्थ्य संगठन या अन्य कुनै स्वास्थ्य निकायले सिफारिश नगरेको औषधी प्रयोग गर्न डोनाल्ड ट्रम्प हतारिनुले प्रश्नहरु जन्मिएका छन। हाइड्रोक्सीक्लोरोक्वीन सबभन्दा धेरै भारतमा उत्पादन गरिन्छ। ट्रम्पले आफ्नो देशको भण्डारमा हेरे – दुई करोड नब्बे लाख डोज हाइड्रोक्सीक्लोरोक्वीन बाकी छ।

त्यसमा थप गर्न उनले भारतलाइ धम्की नै दिनुपर्यो। जब कि केही दिन पहिले ट्रम्पले अमेरिकी कम्पनीहरुलाइ मास्क र अन्य औषधीजन्य सामानहरु क्यानडा र ल्याटिन अमेरिकी मुलुकहरुलाइ नबेच्न निर्देशन दिएका थिए। जर्मनीले चीनबाट मगाएका मास्कहरु थाइल्यान्डबाट अमेरिकाले कब्जा गरेको आरोप लगाएको थियो। औषधीजन्य सामाग्री उत्पादनमा अमिरिकी कम्पनीहरुले मात्रै विश्व औसधि बजारको ४५ प्रतिशत हिस्सा ओगटेका छन् ।

ती कम्पनीहरुको मुख्य काम व्यापार गर्नु हो। जब रोगहरु बढ्छन तब मात्र औषधी कम्पनीहरुको नाफा बढ्छ। त्यस्ता कम्पनीहरु रोकथाम ,नियन्त्रण जस्ता शब्दहरु मन पराउदैनन। ती कम्पनीहरु नाफा नै नहुने पट्यारलाग्दो अनुसन्धानमा समय बिताउन चाहादैनन। डोनाल्ड ट्रम्प व्यापारिक पृष्ठभुमिबाट राजनितीमा आएका हुन। उनले एन्थोनी फाउसी जस्ता सम्वेदनशील डाक्टर भन्दा पिटर नाभारो जस्ता व्यापारिक सल्लाहकारको कुरा बढी सुन्नुलाइ स्वभाविक मान्न सकिन्छ ।

ट्रम्पले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगमा एन्थोनी फाउसीको हिच्किचाहट देखेपछी भनेका थिए -” हैन तपाइको के जान्छ र डराउनु भएको छ ?” तर डाक्टर एन्टोनी फाउसी हाइड्रोक्सीक्लोरोक्वीनका सहायक प्रभावहरुबाट चिन्तीत छन् । यसको कोरोना भाइरस विरुद्धका फाइदाहरुबारे कुनै प्रमाणिक आधार नभैकन उनी बोल्न सक्दैनन् ।

न्युयोर्क टाइम्स लगायत केही अमेरिकी पत्रीकाले लेखेका छन् कि हाइड्रोक्सीक्लोरोक्वीन उत्पादन गर्ने फ्रेन्च कम्पनी सानोफीमा ट्रम्पको लगानी छ। सानोफी कम्पनीको ठुलो साझेदार अमेरिकी कम्पनी फिशर एसेटका मालिक केन फिशर ट्रम्प र उनको रिपव्लीकन पार्टीका मुख्य चन्दा दाता भएको पनि ती पत्रीकामा उल्लेख गरिएको छ। प्लेक्वीनील नामबाट बजारमा पाइने हाइड्रोक्सीक्लोरोक्वीनको स्वास्थ्य प्रभावकारिता भन्दा व्यापारिक प्रभावकारिताले ट्रम्पलाइ उत्साहित पारेको छ भनी शंका गर्नेहरु अमेरिकामा कम छैनन् ।

रुडोल्फ विर्चो र फ्रेडेरिक एङेल्सले भनेका छन् -” पुजीवाद आफैमा स्वास्थ्य बिगार्ने व्यवस्था हो। ” विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विशेष अधिकारसम्पन्न वर्गले भन्दा गरीब र अल्पसंख्यक उत्पीडित समुदायले राज्यको स्वास्थ्य सेवाबाट २५ प्रतिशत कम लाभ पाउछन् । अमेरिकी जनता कोरोना संक्रमणबाट मृत्यु वरण गरिरहेको बेला शासनमा जबर्जस्त प्रभाव जमाउने व्यापारिक समूह भने रास्ट्रपति ट्रम्पलाइ औषधीको प्रयोगका निमित्त प्रभावमा पार्न सफल भएको देखिन्छ । यसले मानवीय सम्वेदनाहीन नव उदारवादी क्लेप्टोक्र्यासी( लुटतन्त्र) को चरीत्रलाई अझै छर्लङ्ग पार्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com