ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यालादारीमा जीविकोपार्जन गर्नेलाई बुटवल उपमहानगरको राहत ।


sharan sharan

१८ चैत, बुटवल ।  बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीहरुलाई उपमहानगर पालिकाले राहत दिने भएको छ । उपमहानगरमा कार्यरत ज्यालादारी कामदारहरुको संख्याका आधारमा उपमहानगरपालिकाले राहत प्याकेज समेत बनाएको छ । उपमहानगरको प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ । उनीहरुलाई घरघरमै वा टोलमा उपयुक्त विधिबाट राहत वितरण गरिने उपहमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको उप महानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्यविधि समेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताउनुभयो ।
उपमहानगरले राहत सामग्री वितरण कार्यबिधि २०७६ बनाउँदै व्यवस्थित रुपमा राहत वितरणको काम समेत अगाडि बढाएको छ । अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् । यद्यपि यो संख्याको वास्तविकता भने फेरि जाँच गरिने सुबेदीले बताउनु भयो । दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउनेगरि कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । सहयोगापेक्षी आश्रम तथा संरक्षण केन्द्रलाई समेत राहत सामग्री उपलब्ध गराउने भन्दै प्राथमिकतामा राखेको र सोको समेत तथ्यांक संकलन गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com