ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा ३६ जनको स्वाव लिईयो, २३ जनाको नेगेटिभ : कोरोना कहर


sharan sharan

बुटवल, १६ चैत्र । प्रदेश नम्बर ५ मा शनिबार सांझ सम्म ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा हाल सम्म ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको छ भने अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी रहेको चौधरीले बताउनु भयो ।

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको स्वाब जाँचका लागि गाडीबाट काठमाडौँ पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको समेत उहांले जानकारी दिनुभयो ।
प्रदेशअन्तर्गत दाङबाट ५ जनाको स्वाब नमूना पठाइएकामा सबै रिपोर्ट नेगेटिभ देखिएको निर्देशनालयले जनाएको छ । बाँकेबाट २३ जनाको नमूना पठाइएकामा सात जनाको नेगेटिभ रिपोर्ट देखिएको र अन्य १६ जनाको रिपोर्ट परिक्षणको प्रक्रियामा रहेको स्वास्थ्य कार्यालय बांकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।
प्रदेश सरकारले प्रदेशका चार सरकारी अस्पतालमा आइसोलेशन वार्ड खोल्ने निर्णयसंगै सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङको बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापीठ र बाँकेको खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशन वार्डका रुपमा सञ्चालनमा आइसकेका छन् । मन्त्रालयका महाशाखा प्रमुख चौधरीका अनुसार बुटवलको धागो कारखानामा निर्माण गरिएको आइसोलेशन अस्पतालमा ५० शय्या, भीम अस्पतालमा ३० शय्या, दाङको बेलझुण्डीस्थित आयुर्वेद विद्यापीठमा ३० शय्या र बाँकेको सुशील कोइराला अस्पतालमा ३० शय्याको आइसोलेशन वार्ड निर्माण गरी सेवा सञ्चालन गरिएका छन् ।
प्रदेशका १२ जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा अहिलेसम्म १५३ जनालाई राखिएको र उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमै राखेर स्वास्थ्य अवस्था रेखदेख गरिने चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com