ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डबाट आमसञ्चारमाध्यमको प्रशंशा, श्रमिकका लागि राहत प्याकेजको निर्देशन (भिडियो)


ABC NEWS

https://www.facebook.com/watch/?v=3146437515582101

काठमाडौं १४ चैत (एबीसी न्यूज) नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ बाट पिडित श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज एक भिडियो सन्देश जारी गर्दै जिम्मेवार आमसञ्चार माध्यमको प्रशंसा गर्दै जनतालाई सही सूचना सम्प्रेषित र शिक्षित बनाउन समेत अपिल गर्नु भएको छ ।
प्रचण्डले नेकपा सबै नेता, कार्यकर्ता र समर्थकलाई कोभिड–१९ नामक क्रोना भाइरसबाट जोगिन र आफ्नो परिवार गाउँ टोल र समाजलाई जोगाउन सचेतनतापूर्वक पहल गर्न समेत निर्देशन दिनुभएको ।
हालसम्म विश्वमा झण्डै २७ हजारभन्दा बढी विश्वका नागरिकको निधनबाट आफू मर्माहत भएको भन्दै उनीहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै तिनका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
क्रोना भाइरको महामारीबाट जोगित विश्व नेताहरुलाई नै सहकार्य र समन्वयमा काम गर्नु पर्ने आवश्यकता समेत प्रचण्डले औंल्याउनु भएको छ ।
प्रचण्डले जारी गरेको भिडियो तथा अपिल जस्ताको तस्तै

‘नोभल क्रोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपिल‘

नोभल क्रोना भाइरस (कोभिड–१९) नामक सङ्क्रामक भाइरसका कारण संसारभरका ६ लाखभन्दा बढी नागरिक संक्रिमित भएका छन् भने २७ हजारभन्दा बढी नागरिकको अकल्पनीय रुपमा निधन हुन पुगेको छ । यस दुःखद घडीमा विश्वभरि निधन भएका ती निर्दोष नागरिकहरुप्रति हार्दिक श्रद्धान्जली र तिनका परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु । साथै संक्रमितहरु छिटै निको हुने आशा गर्दछु । नेपालमा समेत संक्रमित भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कोभिड–१९ विश्वका झण्डै १८० भन्दा बढी देशमा विश्व महामारीका रुपमा फैलिइरहेको सर्वविदितै छ । कोभिड–१९ नामक घातक भाइरसबाट जोगित यतिबेला विश्व नै संघर्षरत छ । यसै सन्दर्भमा नेपाल सरकारले पनि आवश्यक सजगता र सावधानी अपनाएको सन्दर्भमा सबै नेपाली दाजुभाई तथा दिदी वहिनीहरुले यस रोगका विरुद्ध लड्न र संक्रमण फैलिन नदिन विशेष सावधानी अपनाउन म हार्दिक अपिल गर्दछु ।

कोभिड–१९ विरुद्धको लडाईंमा सबैभन्दा बढी स्वास्थ्यर्मी, चिकित्सकहरु र सुरक्षाकर्मीहरु जोखिममा हुने हुनाले सरकारले लिएको निर्णय र सावधानीमूलक आधिकारिक सूचनाको पालना गरेर, स्वास्थ्य सम्वन्धी बानी, व्यवहार र शैलीमा परिवर्तन गरेर मात्र जित्न सकिनेछ ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश र स्थानीय तहका सरकार तथा नेकपाका सवै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयंसेवीका रुपमा यस संक्रमणका विरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु । एक नागरिकको सचेतना र सावधानीले एउटा गाउँ, समाज र टोल सुरक्षित हुनसक्छ भने सचेत नागरिक र महत्वपूर्ण आमसञ्चारमाध्यमको आधिकारिक सूचना र शिक्षाले देश नै जोखिममा पर्नबाट जोगिन सक्छ भन्ने मर्मलाई गहिरोगरी आत्मसाथ गर्न समेत सत्तारुढ दलको अध्यक्षको नाताले विेशेष आग्रह गर्न चाहन्छु ।

पछिल्लो एक शताव्दीकै त्रासदीको रुपमा महामारी बनेको कोभिड–१९ नामक भाइरस संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न समेत नेकपा विशेष अपिल गर्दछ ।
कोरोना भाइरस विरुद्धको लडाईंका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुलाई आवश्यक भौतिक तथा प्राविधिक तयारी गर्न तथा आम नागरिकको दैनिकीलाई सकेसम्म सहज बनाउन सम्वन्धित मन्त्रालय, निकाय र तहहरुले यथोचित र हरक्षण ध्यान दिनु पर्ने आवश्यकताप्रति म विशेष ध्यानकर्षण गराउन चाहन्छु ।
यस संक्रामक महामारीका कारण विश्व अर्थतन्त्र नै डगमगाउने खतरा छ भने नेपाल झनै अप्ठेरो अवस्थामा पर्न सक्ने खतरालाई नजरअन्दाज गर्न सकिंदैन । यस सन्दर्भमा आमा उद्योगी, व्यवसायी र नागरिकले भोग्नु परेका समस्या समाधान गर्न आवश्यक सहयोग र राहतको काममा सोच्न समेत नेकपा नेपाल सरकारलाई विेशेष आग्रह गर्दछ ।

कोभिड– १९ विरुद्धको लडाईंका क्रममा घरमै बस्नु परेको समयअवधिलाई देशका अनुसन्धानदाता, विश्लेषक र विज्ञहरुले देशलाई टेवा पु¥याउन सकिने रचनात्मक तथा सिर्जनात्मक काममा सदुपयोग गर्न र अनावश्यक रुपमा आतङ्कित नहुन समेत म विशेष आग्रह गर्न चाहन्छुु ।

अन्तमा कोभिड –१९ विरुद्धको लडाईंमा सवैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, राष्ट्रसेवक सुरक्षाकर्मी तथा कर्मचारी र आमसञ्चार माध्यमहरुको क्रियाशीलताको म उच्च प्रशंसा गर्न चाहन्छु । साथै आमसञ्चार माध्यमहरुले यथोचित संयमता र आधिकारिक सूचना तथा शिक्षा जनतामा पु¥याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ । मेरो विश्वास छ विश्वलाई नै चुनौति दिएको यस महामारीबाट हामी छिटै नै मुक्त हुनेछौं ।
अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२०७६ चैत्र १५

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com