ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : चीनमा भन्दा आठ देशमा धेरै बिरामी


एबीसी न्यूज

काठमाडौं, ९ चैत ।  विश्वका विभिन्न आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड–१९)  का बिरामी रहेका छन् । चीनमा नयाँ सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी थपिइरहेका छन् ।

अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच सय ७८ जनामा सङ्क्रमण भएकोमा चार हजार आठ सय २५ जनाको मृत्यु भएको छ भने ६ हजार ७२ जना निको भएका हुन् ।

यस्तै अमेरिकामा २६ हजार तीन ३३ जना बिरामीले उपचार गराइरहेका छन् । अमेरिकामा २६ हजार आठ सय ५९ जना सङ्क्रमित भएकोमा तीन सय ४८ जनाको ज्यान गएको छ भने एक सय ७८ जना निको भएका छन् ।

जर्मनीमा २२ हजार ७१ जना, स्पेनमा २१ हजार ९ सय ९३ जना, इरानमा ११ हजार चार सय १९ जना, फ्रान्समा १२ हजार तीन सय १० जना, स्विजरल्याण्डमा ६ हजार ६ सय ५२ जना र दक्षिण कोरियामा पाँच हजार आठ सय ८४ जना बिरामी उपचाररत छन् ।

चीनमा पाँच हजार तीन सय ५३ जना उपचार गराइरहेका छन् । चीनमा ८१ हजार ५४ जनामा सङ्क्रमण भएकोमा ७२ हजार चार सय ४० जना निको भएका छन् भने तीन हजार दुई सय ६१ जनाको ज्यान गएको छ ।

विश्वको एक सय ८८ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट आइतबार बिहान १० बजेसम्ममा तीन लाख आठ हजार दुई सय २७ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ९५ हजार आठ सय २६ जना उपचारपछि निको भएका छन् भने एक लाख ९९ हजार तीन सय ३७ जना उपचार गराइरहेका छन् । १३ हजार ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com