ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तीव्र बन्दै : कोभिड—१९को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो ( ताजा अपडेटसहित)


एबीसी न्यूज
चैत्र ८, २०७६ शनिबार  ५ : ४२ बजे


काठमाडौं, ८ चैत । तीव्र रुपमा फैलिदै गएको नोवेल कोरोना भाइरस कोभिड—१९को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ भने भाइरस बाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार पुगेको छ ।

चीनको उहान इपिसेन्टर रहेको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय ८६ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ संगठन लगायत सबै मुलुकको अथक प्रयासका वावजुद पनि कोरोना भाइरसको विश्वव्यापी संक्रमण तीव्र बन्दै गएको छ । चीनमा करीव ३ महिनामै ३ हजार जनाभन्दा बढिको मृत्यु भएकोे कोरोना भाइरसको संक्रमण यतिखेर युरोपेली मुलुकमा फैलिएको छ । बिहिबार बाट चीनलाई उछिन्दै इटालीमा सबैभन्दा बढि नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भैसकेको छ । चीनमा भने गत बुधबार देखि नयाँ संक्रमितको संख्या शुन्यमा झरेको छ ।

शनिबारसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । त्यस्तै इरान, स्पेन र फ्रान्समा पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा बढ्दो छ । कोरोना संक्रमणबाट शनिबारसम्म इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ भने स्पेनमा पनि मृत्यु हुनेको संख्या १३ सय २६ पुगेको छ । त्यस्तै फ्रान्समा शनिबार सम्ममा ४ सय ५० जनाको मृत्यु भएको छ । विश्वमा नै त्राश पैदा गरेको कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर अमेरिकामा पनि वढ्दो छ । अमेरिकामा शनिबार कोरोना संक्रमणका कारण थप १९ सहित २ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

सिमावर्ती छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । सार्क मुलुकमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २ सय ७५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै रोजगारको सिलसिलामा भारत छिरेका नेपाली नागरिकहरु नेपाल फर्कने क्रम पनि बढ्दो छ ।

यता विश्व स्वास्थ संगठनले भने कोरोना भाइरस कोभिड—१९को संक्रमण युवामा पनि देखिने खतरा रहेको हुँदा सजग र सुरक्षित रहन आग्रह समेत गरेको छ ।

 

ताजा अपडेटको लागि

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com