ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले गर्यो जाँचपास


admin
मंसिर १०, २०७४ आईतबार   २ : २९   बजे

वीरगञ्ज, १० मंसिर।  भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।

भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको छ ।

क्षमताभन्दा बढी सामान बोकेका मालवाहक सावारीसाधनको भन्सार नगर्ने कानूनी व्यवस्था भए पनि उक्त कानूनलाई थाती राखी भन्सार कार्यालयले धमाधम अवैध कार्यलाई वैधानिकता दिँदै आइरहेका कारण नेपाली व्यवसायी मारमा परेका छन् ।

यातायात व्यवस्था विभागअन्तर्गत रहेको मालवाहक सवारीसाधनको भारबहन नियमसम्बन्धी कार्यविधि २०७१ अनुसार आयातित सामानको भारबहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने व्यवस्था रहेको छ । तोकिएभन्दा बढी भारबहन क्षमताका सवारीसाधनलाई इजाजत दिनुपरेमा यातायात व्यवस्था विभागको स्वीकृत लिएर मात्र भन्सार काट्नुपर्ने प्रावधान रहेको छ । तर भन्सार कार्यालयले उद्योगी व्यवसायीको प्रभावमा परी उक्त नियम तथा ऐनविपरीत भन्सार काट्ने गरेको नेपाली व्यवसायीको गुनासो छ ।

सरकारले १२ चक्के गाडीलाई २१ टन, १० चक्के गाडीलाई १७ टन, छ चक्के गाडीलाई १० टन र १४ चक्के गाडीलाई २५ टन मात्र बोक्नसक्ने कानूनी व्यवस्था गरे पनि भारतीय नम्बर प्लेटका गाडीले ४० टनसम्म समान ल्याउँदा पनि भन्सार कार्यालयले भन्सार काट्ने गरेको तराई यातायात व्यवसायी संघ सिमरा बाराका महासचिव शंकरकुमार विष्टको आरोप छ ।

दैनिक एक हजारभन्दा बढी मालवाहक ट्रक भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सारले बढी भार भएको मालवाहक सवारीसाधनलाई नियमविपरीत छोड्ने गरेकाले नेपाली ट्रक व्यवसायी मारमा परेका छन् । भार बढी भएका सवारीसाधन धमाधम भारतबाट नेपाल भित्रिनाले मारमा परेको गुनासो गर्दै ट्रक व्यवसायी युवराज न्यौपाने भन्नुहुन्छ, “भन्सार कार्यालयको अवैध क्रियाकलापका कारण समयमा बंैकलाई ऋण चुक्ता गर्न नसक्दा हाम्रो व्यवसाय धरापमा परेको छ ।”

क्षमताभन्दा बढी सामान बोकेका भारतीय ट्रकका कारण सडक जीर्ण बन्दै गएको छ । राजस्व चुहावटका साथै उद्योगले गर्ने आर्थिक चलखेलकै कारण नियम उल्लंघन गर्दै बढी भार बोकेका सवारी साधनको निर्वाधरुपमा भन्सार हुने गरेको संघका सचिव जीवन श्रेष्ठ बताउनुहुन्छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव कार्यालयले ट्रकको क्षमतालाई भन्दा सामानलाई बढी महत्व दिने गरेको बताउनुहुन्छ । “भारक्षमता हेर्ने जिम्मा सडक विभागको हो,” उहाँले भन्नुभयो ।

वीरगञ्ज नाका हुँदै विशेष गरी सिमेन्टको कच्चा पदार्थ किलिंकर, खाद्यान्न, कोइला, मेसिनरी पार्टपुर्जा बढी मात्रमा नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group