ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु


एबीसी न्यूज
चैत्र ६, २०७६ बिहीबार  ४ : ०८ बजे

काठमाडौं, ६ चैत ।  कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले उक्त भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध चीनले भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु गरेको हो ।

यसअघि अमेरिकाले पनि भ्याक्सिन तयार भएको र परीक्षण पनि सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको बताएको १९ घण्टापछि चीनले पनि भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु गरेको हो । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्व बजारमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै उपलब्ध हुने आशा गरिएको छ ।

तर चीनले भने भ्याक्सिनको परीक्षण सकेर ठूलोमात्रामा बजारमा पठाउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएको छ । चिनियाँ जनमूक्ति सेनामा मेजर जनरल चेन वेइ र उनको टिमले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाएको हो । कोरोनाको सुरुवात भएको वुहानमा पुगेर मेजर वेइको टिमले इबोला भ्याक्सिन बनाएको अनुभव र स्थानिय कम्पनीसँगको सहकार्यमा कोरोना भ्याक्सिनमाथी फार्मेसी तथा औषधि विज्ञानमा आधारित भएर अनुसन्धान गरेको छ ।

उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण समिक्षाको आधारमा उनिहरुले भ्याक्सिनको डिजाइन, संरचना र उत्पादनलाई निकै छिटो सकाएका सिसिटिभीले उल्लेख गरेको छ । त्यसलगत्तै वेइको टिमले उत्पादन गरेको भ्याक्सिनको क्लिनिकल समिक्षा दर्ता पारित भएसँगै क्लिनिकल परीक्षणको अनुमती पाएको थियो । वेइको टिमले कोरोनाविरुद्धको भ्याक्सिनलाई सुरक्षित, गुणस्तरीय, उपयोगी र ठूलोमात्रामा उत्पादनका लागि आन्तरिक नीतिनियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको पनि दावी गरेको छ । कोरोना संक्रमण सुरु भएसँगै विश्वका दर्जन देश भ्याक्सिन पत्ता लगाउने दौडमा निस्किएका थिए । तर चीन र अमेरिकाले भने सफलता पाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com