ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटलीमा एकैदिन ४७५ जनाको मृत्यु : यो सङ्ख्या अहिलेसम्मकै धेरै


एबीसी न्यूज
चैत्र ६, २०७६ बिहीबार  ८ : ४७ बजे

काठमाडौं, ६ चैत । इटलीमा कोरोना भाइरस (कोभिड–१९) का कारण एकैदिन चार सय ७५ जनाको ज्यान गएको छ । कोरोनाको प्रकोपपछि एकैदिन ज्यान गुमाउने मानिसको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

इटलीमा अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ९ सय ७८ जनाको ज्यान गएको छ । ३५ हजार सात सय १३ जनामा सङ्क्रमण देखिएकोमा चार हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

बुधबार इटलीमा ज्यान गुमाउने चार सय ७५ जनामध्ये उत्तरी क्षेत्र लोम्बार्डीमा मात्रै तीन सय १९ जनाको ज्यान गएको हो ।

इटली कोरोनाको उद्गमस्थल चीनपछि सबैभन्दा बढी प्रभावति बनेको छ । गएको डिसेम्बर अन्तिममा चीनबाट फैलन सुरु भएको भाइरसका कारण अहिलेसम्म आठ हजार ९ सय ५३ जनाको ज्यान गइसकेको छ, जसमध्ये चीनमा तीन हजार दुई सय ३७ जनाको ज्यान गएको छ ।

दुई लाखभन्दा धेरै सङ्क्रमण पुष्टि भएका घटनामा ८० प्रतिशत युरोप र दक्षिणी प्रशान्त क्षेत्र (जसले एसियाको धेरै भाग समेट्छ) मा देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोनाको सङ्क्रमणका कारण धेरै देशले कडा कदम चालेका छन् । सङ्क्रमण फैलिन नदिन सामाजिक दुरी, प्रमुख समारोह रद्द लगायतका उपाय अपनाइएको छ ।

‘तर महामारीलाई नियन्त्रण गर्न देशहरुले आइशोलन, परीक्षण र सङ्क्रमणलाई विशेष प्राथमिकता दिनुपर्छ’, डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com