ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइरस तथा महामारीको आफ्नो जीवन हुन्छ, निश्चित अवधिपछि यो आफैं नियन्त्रणमा आउँछ या हराउँछ


एबीसी न्यूज

 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का ८ सदस्य देशमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको छ ।

तीन सय ८५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत नभेटिएको हैन नेपालमा भेटिएका विरामी उपचार पछि निको भएर फर्कि सकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । तर पछिल्लो समयमा कोराना भाइरसले हामी कोही संक्रमित छैनौं होला तर कोरानो भाइरसभन्दा डरलाग्दो भाइरस यतिबेला हामीले समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम देखिएको छ । आवश्यक सावधानी र सुरक्षा ठीक हो तर हामीले सावधानी र सुरक्षाको जुन शैली हामी अपनाउन खोजिरहेका छौं, अहिलेको हाम्रो आतुरी र आतंक जस्तै हो ।

बजारमा ब्यापारीले आम मानिस संग जोडिएको वस्तुमा कालो बजारी गर्ने देखि मास्क समेत लाखौको संख्याका स्टोर गरि बजारमा आपूर्ति कम गर्ने खालका हर्कत देखिएका छन् । यसले आम मानिसमा कोरोना आतंक सिर्जना भएको छ । सरकारले आफ्नो तर्फबाट मुलुकमा भोली हुन सक्ने दुर्घटनालाई कमगर्ने कार्यहरु गरेपनि भरपर्दो र आम नागरिकले विश्वास गर्ने वातावरण हुन सकेको छैन । के कोरोना नेपालमा भित्रीएको छैन त ? के चिनबाट आएका ति संक्रमित ब्यक्तिले कति आफ्न्त भेटे साथी भाई भेटे उपचारमा संलग्न डाक्टरहरुले पहिले नै उक्त ब्यक्ति संक्रमित हुन नै भनेर त्यहि तरिकाको उपचार पदति अपनाए ? के उनि नेपाल आउदा एक्लै जहाजमा आए ? सोचनिय विषय यो पनि हो । तर त्यो भन्दा पनि कोरोना संक्रमणको वास्तविक तस्बिरभन्दा हामीले सामाजिक सञ्जालमार्फत जबर्जस्ती फैलाएको हल्ला अनि आतंक बढी भयानक छ । मेडिकल जाँच तथा प्रमाणविना नै सामान्य ज्वरो तथा रुघाखोकी लाग्नसाथ कोरोना लाग्यो भन्दै हल्ला गर्ने र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाउने डरलाग्दो प्रवृत्ति बढेको छ । यसले अनावश्यक रूपमा समाजमा भय फैलाउने र स्वस्थ मानिसको पनि मनोबल गिराउने काम भइरहेको छ ।

रक्सी खाए कोरोना भाग्छ । लसुन खानेलाई कोराना लाग्दैन । कोरोना लागेपछि सीधै मरिन्छ । यस्ता अनेक हल्ला र भ्रमले आम मानिस आतंकित भएका छन् । कोरोना भाइरससम्बन्धी वास्तविक जानकारी नहुँदा आम मानिसहरू विभिन्न हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ । विज्ञहरूका अनुसार यो आफंैमा कुनै भयानक रोग होइन। सरसफाइ र सावधानी अपनाउने हो भने यो आफैं निको हुन्छ । कोरोना भाइरसले छुनासाथ मरिहालिन्छ भन्ने भ्रम गलत भएको विज्ञहरूले बताइसकेका छन् । कोरोना भाइरसबाट संक्रमित डेढ लाखमध्ये ७५ हजारभन्दा बढी निको भइसकेका छन् र सामान्य अवस्थामा घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार नोभल कोरोना यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र विगतमा पशुहरूमा संक्रमण हुने गथ्र्यो यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास ‘सार्स’ सम्म गराउन सक्छ । सन् २००३ मा देखिएको सार्स र नोबल कोरोना भाइरस एउटै प्रजातिका हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् । नोबल कोरोना भाइरस मानिसहरूबीच सजिलै सर्न सक्छ भनेर अझै वैज्ञानिक पुष्टि भएको छैन । यसमा अनुसन्धान भइरहेको छ । विज्ञहरूका अनुसार हरेक भाइरस तथा महामारीको आफ्नो जीवन हुन्छ । निश्चित अवधिपछि यो आफैं नियन्त्रणमा आउँछ या हराउँछ । यसअघि इबोला, सार्स, स्वाइन फ्लु निश्चित अवधिपछि आफैं नियन्त्रणमा आएका थिए ।

कोरोनाबाट जोगिन रोकथामको पूर्वतयारी तथा सावधानी बुद्धिमानी हो। त्यो हरेक व्यक्ति र परिवारदेखि लिएर राज्यका निकायले गर्नुपर्छ । तर यतिबेला वडा कार्यलयदेखि सिंहदरबारसम्म सबैतिर कोरोना लागेको छ । कोरोना भन्दै काम सार्ने र पन्छाउने प्रवृत्ति बढेको छ । बजारमा पनि त्यही हालत छ । खानेकुरा, तेल र ग्यासको कृत्रिम अभाव र हाहाकार मच्चाउने कोसिस भइरहेको छ । मूल्यमा मनोमानी हुन थालेको छ। कोरोनाको बजार हल्लाबाट अत्तालिएर मानिसहरू आवश्यकताभन्दा बढी खानेकुरा तथा दैनिक उपभोगका समान थुप्रार्न थालेका छन् । त्यसले गर्दा बजारको माग र आपूर्तिको सन्तुलन बिथोलिएको छ र यही मौकामा कालोबजारी गर्नेहरू सक्रिय हुन खोजिरहेका छन् ।

गाउँघरतिर कोरोनाको हालखबर के छ, थाहा छैन तर सहरमा बस्ने हामी कोरोनाको मनोवैज्ञानिक बिरामी बनेका छन् । गाउँघरका मानिससँग हात धुने साबुन छैन होला तर उनीहरूले हल्ला मच्चाएका छैनन् । कोरोनाको भय र भ्रम फैलाउने सहरका तिनै मान्छे हुन जसले कोरोनाबाट बच्न छिनछिनमा सेनिटाइजरले हात धुन थालेका छन् अनि सुत्दा पनि मास्क खोल्न डराउँछन् । मुखमा मास्क र गोजीमा सेनिटाइजर बोकेर सहरका एकथरी मानिसहरू कोरोना भगाउने कोसिस गर्दैछन् । सिंगो भूगोल कोरोनाबाट त्रस्त र ग्रस्त हुँदा हामी जोगिएका छौं ? यो हाम्रो सौभाग्य हो, यसको रहस्य दुनियाँले खोज्नेछ । यही अवस्था कायम रह्यो भने नेपालको छवि विश्वमान चित्रमा कोरोनामुक्त स्वास्थ्य र सुरक्षित मुलुकका रूपमा चम्किनेछ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com