ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षभित्रै तामाखानी सञ्चालनमा आउने : अध्ययनको काम तीव्र गतिमा


एबीसी न्यूज
चैत्र ३, २०७६ सोमबार  १२ : २४ बजे


काठमाडौं, ३ चैत  । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु ।

हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ ।

स्थानीय बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झण्डै दुई सय वर्षपहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालीन समयमा स्थानीय प्रविधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो, स्थानीयवासी सन्तबहादुर जिसीले भन्नुभयो ।

“उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ”, जिसीले भन्नुभयो, “पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।”

चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिनापहिले यहाँ आएका खानी विज्ञहरुको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ । “यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्याँै, के कति छ भन्ने निक्र्यौल गर्न मात्रै बाँकी हो”, शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भन्नुभयो, “तामासँगै हुने धातुहरुको अध्ययन पनि भइरहेको छ ।”

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा २२ मिटर लामो र बाह्रमुरेमा ३२ मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमीनको भित्री भागको ढुङ्गामाटो सङ्कलन गरी ल्याबमा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताउनुभयो । “हामी अध्ययनमै छौँ, अझै केही ९सुरुङ० टनेल अघि बढाउनुपर्ने भूगर्भ शास्त्रीहरुले बताउनुभएको छ”, उहाँले भन्नुभयो, “जमीनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, हामीले पहिलो चरणको ९० प्रतिशत काम सकेका छौँ ।” खानी विभागले खटाएका भूगर्भशास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।

तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । “यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो”, अधिकारीले भन्नुभयो, “वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रस्ताव लगायतका काम सकेर चार महिनाभित्रै हामी उत्खननको अनुमति लिनतर्फ लाग्छौँ ।” उहाँले कुनै अवरोधको सामना गर्नु नपरे आगामी एक वर्षभित्रै तित्याङमा खानी सञ्चालनमा आउने दाबी गर्नुभयो । पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।

“यहाँ मात्रै होइन बागलुङका काठेखोला, गल्कोट, जैमिनी, म्याग्दीको ओखरबोट र गुल्मीका केही ठाउँमा समेत खानीको सम्भावना रहेकाले यहाँ सञ्चालनमा आउने प्लान्टबाटै तामा, चाँदी, सुनलगायत धातु निकाल्न सकिन्छ”, अधिकारीले भन्नुहुन्छ, “यो नै नेपालमा पहिलो टनेल प्रविधिको खानी हुनेछ ।” स्थानीय सरोकारवाला, स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत खानी सञ्चालनमा चासो देखाएकाले सबैसँगको सहकार्यमा खानी सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खननको अनुमति पाउनेछ ।

यहाँ खानी सञ्चालनमा आए रोजगारीको सिर्जना र कर तथा रोयल्टीबापत आउने रकमले विकास निर्माणमा समेत सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि काममा बाधा–अवरोध नआउने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताउनुभयो । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित भएका छन् ।

परीक्षण भइरहेका दुई खानीमा अहिले १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँचजना इन्जिनीयर लगायतले काम गरिरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीले अध्ययनस्थलमा सुरक्षाका लागि पहरा दिइरहेका छन् भने अध्ययन क्षेत्रका स्थानीयवासीले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com