ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमालाई पुर्ण सरसफाई नगर बनाउन जिल्ला समन्वय समितीको आलटाल : नगर प्रमुख घिमीरे


sharan sharan

बुटवल, २९ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा गर्ने तयारी पुरा भएको छ ।
बिगत तीन महिनादेखि स्थानीयबासीको सहभागितामा नगरमा शुन्य पोलिथिन अभियान चलाइएकोमा तिलोत्तमा नगरपालिकाले शुंक्रबार शुन्य पोलिथिनयुक्त नगर घोषणा गर्ने भएको् छ । नगरपालिाकले आज पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कृषिमन्त्री घनश्याम भुसालले शुन्य पोलिथिन नगर घोषणा गरिने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बासुदेव घिमीरेले पोलिथिन शुन्य सहित सरकारी मापदण्ड अनुसार तिलोत्तमा पुर्ण सरसफाई इुक्त नगरपालिका बनिसकेको दाबी गर्नुभयो । उहांले पुर्ण सरसफाईको मादण्ड नगरपालिकाले पुरा गरेपनि जिल्ला समन्वय समितीले सिफारिस गर्न आलटाल गरेकाले राज्यबाट घोषणा गर्न ढिलाई भएको बताउनु भयो ।
स्थानीयतहलाई पुर्व सरसफाई युक्त पालिका घोषणा गर्न जिल्ला समन्वय समितीका संयोजकको अध्यक्षतामा रहेको खानेपानी तथा सरसफाई समन्वय समितीले सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।
नगरपालिकाले शुन्य पोलिथिन अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एकलाख नगरबासीलाई श्रमशक्तिको रुपमा परिचालन गरेको र ३ महिनाका बिचमा ८० हजार बोरामा १२ हजार किलो पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
नगरपालिकालाई शुन्य पोलिथिनयुक्त घोषणा गर्नुअघि बुधबार वातावरणविद्, शिक्षाविद्, पत्रकार सहितको विज्ञ टोलीले तिलोत्तमा नगरपालिकाका सबै वडाको अनुगमन गरेको थियो । अनुगमन टोलीले तिलोत्तमाका १७ वटै वडाहरु, राजमार्ग क्षेत्र, कृषिभूमि र खाली जमिन, औद्योगिक क्षेत्र, वनजंगल, १६–३६ कुलो क्षेत्र, सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्यचौकी, नगरपालिका सीमाना लगायतको क्षेत्रको अनुगमन गरेको बताएको छ ।
अनुगमनका क्रममा केही स्थानमा छिटफुट प्लाष्टिक बाहेक सबैक्षेत्र सामान्य देखिएको टोलीका संयोजक त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. इशान गौतमले बताउनु भयो । तिलोत्तमालाई शुन्य पालिथिन नगर बनाउने अभियानमा नगरपालिकाका १७ वटा वडाका १सय ८९ वटा टोल कमिटी परिचालन गरिएकाछन् । नगर प्रमुख घिमिरेले शुन्य पोलिथिन नगरलाई अव व्यवहारमै कार्यान्वयन गरेर देखाउने बताउंदै पोलिथिनजन्य फोहोर खुला स्थानमा फ्याँक्नेसंग जरिवाना असुल्ने र असुल भएको रकम टोलकै सुधारमा लगाईने बताउनु भयो ।
बुटवलबाट १६–३६ नहर हुँदै बगेर आउने पोलिथिनजन्य फोहरले तिलोत्तमा नगरपालिकालाई चुनौती दिने गरेको बताउंदै नगर प्रमुख घिमीरेले अव बुटवलले पनि शुन्य पोलिथिन अभियान चलाउने आफूले विश्वास लिएको बताउनु भयो । एक दशक अगाडी नै बुटवललाई शुन्य पोलिथिन युक्त नगर घोषणा गरिएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com