ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना त्रास : हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ’


admin

काठमाडौं, २२ फागुन । “ए हजुर, नमस्कार,  हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लाग्नुभएको छ ।

“सबैले सुन्दै हुनुहुन्छ नि ? कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,” आज बिहीबार एकाबिहानै पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम रहेको बर्दिवास–१ को सिन्धुलीचोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै नगरप्रमुख कार्कीले भन्नुभयो, “सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ ।”

बर्दिवासका १४ वटै वडामा अहिले स्थानीय जनप्रतिनिधिले अभियानकैरुपमा ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ भन्ने नारा नै बनाएका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखाका प्रमुख र अन्य वडाध्यक्षसहित जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा आज बिहीबार शुरु गरेका यो अभियानले निकै चासो बढाएको छ ।

‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ अभियान प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा आजै थालिने नगरप्रमुख कार्कीको भनाइ थियो । यो अभियानसँगै कोरोना सङ्क्रमणबाट बच्ने उपायबारेको हातेपर्चा बाँड्ने र बस्तीबस्तीमा माइकिङ शुरु गरिएको छ ।

‘ध्यान दिएर सुन्नुहोस्, कोरोना सुनेर नतर्सनोस् १ सजग हुनपर्छ , हाम्रो आहारब्यहारले कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।’ ठूलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटकपटक पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै हातेपर्चा घरघरमा पु¥याउने र पढेर सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् ।

यस्तै हातेपर्चामै रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नरहन, भिडभाड हुने कार्यक्रम आयोजन नगर्न, यस्ता कार्यक्रममा सरिक नहुन र यसबारे शङ्का लाग्नबित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गर्न गइहाल्न अपिल पनि गरिएको छ ।

सघन आवतजावतको पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गममै नगरपालिकाले थालेको यो अभियानबारे आम यात्रु, बजारु उपभोक्ता र आम सर्वसाधारणले चासो देखाएका छन् । “बर्दिवास नगरपालिकाले राम्रो अभियान थालेछ”, सधैँजसो बिहानको घुमफिरका लागि बर्दिवास आइपुग्ने छिमेकको धनुषा जिल्ला मिथिला नगरपालिका–१० लालगढका सामाजिक, राजनीतिक कार्यकर्ता सूर्य पुडासैनीले भन्नुभयो, “यो अभियान अन्य स्थानीय तहले शुरु गर्नुपर्छ ।”

सबैले सुन्नपर्ने र बुझ्नपर्ने यो नारा र अपिललाई घरघर पु¥याउन आवश्यक भएको स्वास्थ्य संस्थाका चिकित्सकको भनाइ छ । “अहिलेसम्म उपचारको कुनै प्रबन्ध नभएको यो सङ्क्रमणबाट बच्न पूर्वसजगतामात्र एक भरपर्दो उपाय हो”, बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालका चिकित्सक डा सीताराम पराजुलीले भन्नुभयो, “पूर्वसजगता अभियान जति व्यापक बनाइन्छ, त्यति हामी सुरक्षित हुने अवस्था बन्छ ।” बर्दिवासले यो अभियान शुरु गरेसँगै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसबारे पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com