ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जल्दै छ दिल्ली : नागरिकता ऐन विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत


एबीसी न्यूज
फाल्गुन १४, २०७६ बुधबार  १ : ५६ बजे


काठमाडौं, १४ फागुन । छिमेकी मुलुक भारतमा नागरिकता ऐन संशोधन कार्यान्वयनको विषयले शक्तिशाली मोदी सरकारको अग्निपरीक्षा लिइरहेको छ । भारतीय जनता पार्टीले चुनावी नारा बनाएको यो विषय कार्यान्वयनको चरणमा आउँदा नै देशव्यापी विरोध र ध्रुबीकरण सुरु भएको छ । विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत भएको छ । राजधानी दिल्ली हिंसाको रापले जलेको छ ।

छिमेकी भारतको राजधानी दिल्ली यतिबेला जलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा नयां दिल्ली शान्त देखिए पनि यमुना पारको पूर्वी दिल्लीमा भने हिंसा भड्किएको थियो । तर, यो हिंसा ट्रम्पसंग सम्बन्धित थिएन, यो हिंसा त विवादित नागरिकता संशोधन कानुन सीएएलाई लिएर भएको थियो ।

भारतको संसदबाट पारित सीएए कानुनको विरोधमा भारतीय अल्पसंख्यक मुस्लिम समुदाय, भारतीय विपक्षी दलहरु, बुद्धिजीविहरुले निरन्तर विरोध गर्दै आएका छन् । विपक्षीहरुले सीएए संविधान विरोधी भन्दै विरोध गरिरहेका छन् । सीएए कानुनले धार्मिक रुपमा विभेद गरेको भन्दै विपक्षीहरुले सत्तारुढ भाजपा र मोदी सरकार विरुद्ध देशभर आन्दोलन गरिहेका छन् । यद्यपी, आन्दोलनको केन्द्र यतिबेला राजधानी दिल्ली नै भएको छ ।

दिल्लीको साहिनवाग क्षेत्रमा ७० दिनदेखि भारतीय महिलाहरु मोर्चा कसेर बसेका छन् । सीएए खारेजी विरुद्ध पूर्वी दिल्लीको जाफरवाद, भजनपुरा क्षेत्रमा गत आइतबारदेखि सुरु भएको सरकारविरोधी आन्दोलन विरुद्ध भाजपा र राष्ट्रिय स्वयं सेवक संघका कार्यकर्ताहरु सडकमा उत्रिएपछि दुईपक्षीय भिडन्त भएको छ । बुधबारसम्म २० जना भन्दा बढीको मृत्यु भैसकेको छ । सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । गुण्डागर्दी र आगजनीबाट दशौं करोडको भौतिक क्षति भएको छ । उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य रहेका क्षेत्रहरूमा हिंसात्मक प्रदर्शन भैरहेको छ । लाठी र ढुंगा बोकेका भिडले कुटपिट गर्दै एक अर्को समुदायविरुद्ध नारा लगाएका छन्  । नागरिकता सम्वन्धि आन्दोलनको समर्थन र विरोधल साम्प्रदायिक हिंसाको स्वरूप लिन थालेपछि मात्रै दिल्ली पुलिसले निकै ढिलो गरी आक्रमणकारीमाथि कारवाहीको आदेश पाएको छ । आक्रमणकारीले सञ्चारकर्मीमाथि पनि हमला गरेका छन् । दंगाको फोटो भिडियो नखिच्न चेतावनी दिएका छन् । हिंसा भड्काएको भन्दै दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन ।

उदेकलाग्दो विषय त यो छ कि, दुई तिहाई बहुमतको शक्तिशाली मोदी सरकार, बीजेपी र आरएसएसले आफ्ना विरोधीहरुलाई कि त पाकिस्तानको बिल्ला भिराउँछ, कि अराष्ट्रवादी तत्वको आरोप लगाउंछ, कि शहरी नक्सलको नाममा दमन गर्न राज्यका सुरक्षा निकायलाई दबाब दिन्छ । यो आरोप हामीले लगाएका हैनौं, भारतीय विपक्षी दल बुद्धिजीविहरुले नै लगाएका हुन् । तथ्यहरुबाट बीजेपी सरकार विपक्षीहरुप्रति निरन्तर कु्रर बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

जाफरावादमा सीएए विरुद्धको आन्दोलनलाई बिथोल्न बीजेपीका नेता कपिल मिश्राले भड्काउ भाषण गरेपछि सबैभन्दा बढी हिंसा फैलिएको छ । त्यसो त, बीजेपीका कैयौं नेता मात्र होइन, मोदी सरकारका मन्त्रीहरुले नै सीएए विरोधीहरुलाई गोली हानी मार्नका लागि खुल्लमखुल्ला भड्काउ भाषण गरिसकेका छन् । त्यसैको परिणामस्वरुप जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमाथि बीजेपी समर्थक युवाले दिल्ली प्रहरीकै सामुन्ने गोली हानेका छन् । साहिनवागका मुस्लिम महिला आन्दोलनकारीमाथि गोली प्रहारको घटना भैसकेको छ । जाफरावाद, भजनपुरा क्षेत्रमा सीएएको समर्थकहरुले सीएए विरोधीहरुमाथि छानिछानी आक्रमण गरेका छन् ।
सन् २०१४ मा मोदीको पहिलो शासन युग सुरु भएयता अल्पसंख्यक समुदाय विरोधी हिंसा सामान्य बन्न थालेको थियो । अहिले मोदीको दोस्रो इनिङमा अल्पसंख्यक सिध्याउने अभियानै चलेको जस्तो दृश्य देखिन थालेका छन् ।

दक्षिणपन्थी उग्रराष्ट्रवादले उन्मत्त भाजपाले आफ्नो विचारधारअनुसार भारतमा हिन्दु नियन्त्रित राज्य बनाउन चाहन्छ । तर, भाजपाले भारतलाई हिन्दु गणतन्त्र बनाउने मुद्दालाई अघि बढाउन भने सक्दैन । भारतीय संविधानले धर्म निरपेक्षताको वकालत गर्छ । भारतमा अल्पसंख्यक धार्मिक सम्प्रदाय एवं दलितमाथि हुने दमनले भारतीय सांस्कृतिक चेतना कतिसम्म निर्मम बन्दै गएको छ भन्ने प्रष्ट पार्छ । शक्तिको उन्मादले इन्दिरा गान्धीको अवसान भयो ।

शक्तिको उन्मादले विश्वकै राजनेता बन्ने चरम महत्वकांक्षा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक साखलाई क्षयिकरण गर्ने पक्का छ । हङकङमा ६ महिनासम्म लगातार प्रदर्शन भइरहँदा जम्मा दुई जनाको ज्यान गयो । हङ्कङ पुलिसले अत्यधिक संयम अपनाएको थियो । तर दिल्लीमा दिल्ली पुलिस विपक्षीलाई ठेगान लगाउने सत्ताधारीको हतियार बनेको छ । जवाहरलाल विश्वविद्यालय र जामियाको लाइब्रेरीमा दिल्ली पुलिसको आतंक विश्वले रेकर्ड गरेर राखेको छ । यतिबेला मोदीको भारत जलिरहेको छ र यसपटक जलिरहेको भारत देखाउन कुनै दक्षिण भारतीय सिनेमाको आवश्यकता छैन । जे भैरहेको छ, प्रत्यक्ष लाइभ भैरहेको छ । बीजेपी र मोदी सरकारले उठाइरहेको यो जोखिमले पूरै भारत मात्र होइन, दक्षिण एसिया नै प्रभावित हुन्छ । भारतमा हिंसाको संस्कृति बढ्दै जांदा आधुनिक इतिहासकै ठूलो मानवीय संकट समेत पैदा हुन सक्छ ? के भारतले समयमै देशभित्र सल्केको आगोलाई निभाउन सक्छ ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com