ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले आर्थिक समृद्धिको लक्ष्य हासिल गरेको अर्थमन्त्री खतिवडाको दाबी ( भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ५, २०७६ सोमबार  ४ : १४ बजे

काठमाडौं, ५ फागुन । मुलुकको अबको कार्यदिशामा आर्थिक एजेन्डालाई मुलमन्त्र बनाएर अगाडी बढ्न उद्योगी व्यवसायीहरुको सरकारलाई सुझाव दिएका छन । एबिसी टेलिभिजनको बिषेश कार्यक्रम समृद्धि सम्मेलनमा उद्योगी व्यवसायीहरुले देशको तिब्र बिकासको लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् । सरकारले अबका दिन आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गरी तिब्र गतिमा बिकासको आवश्यक रहेको औल्याएका छन ।

नेकपा नेतृत्वको सरकार बनेको दुई वर्ष पुरा भएको छ । सरकारले आफनो दुई वर्षे कामलाई उपलब्धीको आधार वर्षको रुपमा परिभाषित गरेको छ । अब बिकास आरम्भको रुपमा लिएको छ । पछिल्लो समय देशका अधिकाशं परिसुचकमा सुधार देखिएकोले नेपालको अर्थतन्त्रका लागि सकारात्कमक भएको दाबी गरेको छ । सरकारले दुई वर्ष कानुन बनाउन बिते पनि अबको वर्ष उपयुक्त बिधी बसालेर आर्थिक बृद्धिको लक्ष्य रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यता सरोकारवालाहरुको दृष्टिकोणमा सरकारको दुई वर्ष हिजोसम्म अन्योल बाटो चिर्ने काम गरेको बताएका छन । अन्तराष्ट्रिय निकायहरुको प्रतिवेदनले पनि नेपाली अर्थतन्त्रमा सुधारको गति देखिएकोले पनि अबको ध्यान उद्योग व्यवसाय क्षेत्रलाई बिकास गर्नतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए ।

उद्योगी व्यवसायीहरुले उद्योगधन्दा सञ्चालनको लागि एक मन्त्रालयबाट अर्काे मन्त्रालय बिच अझै समन्यव अभाव भएकामा गुनासो गरेका छन । अन्तर मन्त्रालय समन्वयका लागि सरकारले बिषेश पहल गर्नु पर्ने उनीहरुको तर्क छ । बिगत दुई तिन दशक यता उद्योगी व्यवसायीहरु मारमा पार्ने काम भएको हुनाले अब ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

व्यवसायीहरुले हुने बिरुवाको चिल्लो पात जस्तै सरकारले आर्थिक क्षेत्रका लागि सकारात्मक काम सुरु गरेको बताएका छन । सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रलाई नै बिषेश ध्यानमा राखेर अगाडी बढ्न आवश्यक रहेको सुझाव दिएका छन । यस्तै केन्द्र र स्थनिय सरकारको तालमेल हुन नसक्दा व्यवसायीहरुलाई समस्या आइरहेको गुनासो समेत गरेका छन ।

उद्योग व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्नका लागि एकद्धार निती, व्यवसायिक मैत्री ऐन नियम बन्नुले लगानीको वातावरण बनेको छ । स्थिर सरकारले तिब्र गतिमा अर्थतन्त्रको बिकासको साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ठोस कार्यक्रम ल्याएर अगाडी बढ्न आवश्यक रहेको अर्थबिदको भनाइ छ । सरकारले अब दुई वर्षको समिक्षाले धेरै आर्थिक सुचकहरु सकरात्मक बन्दै गएका छन ।  समृद्ध नेपाल निमार्णको अभियानमा अगाडी बढेको सरकारको दुईवर्षे बिकासको आधार तय गरेपनि निजि क्षेत्रसंगको सहकार्यमा अर्थतन्त्रलाई अगाडी बढाउन आवश्यक छ । आर्थिक क्रान्ति गर्नका लागि लगानीको वातावरण बन्दै गर्दा देशले आर्थिक विकासलाई नै अबको एजेन्डा रुपमा लिने गरी अगाडी बढ्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com