ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाभित्रका सडकको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन


admin
असार २१, २०७४ बुधबार  १ : ३५ बजे

काठमाडौ, २१ असार । संसदीय समितिले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद विकास समितिको मंगलबार बसेको बैठकले उपत्यकाभित्रका सडकको तत्काल विस्तार गर्न र विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकलाई तीन महिना भित्र दुरुस्त बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । समितिले राजमार्गको सडक विकास एव्म विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत गराएको छ ।
समितिले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न गर्न पनिसरकारलाई निर्देशन दिएको छ । सडक खण्ड विस्तारका लागि घर÷जग्गाको मुआब्जासम्बन्धी समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको समितिका सभापति अधिकारीले बताउनुभयो । समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।
विकास समितिले मुग्लिन–नारायणगढ सडक छिटो निर्माण सम्पन्न गरि सक्न सरकारलाई फेरि निर्देशन दिएको छ । बैठकमा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले मुआब्जा वितरणका लागि बजेट अभाव हुँदा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक खण्ड विस्तारको काम अघि बढ्न नसकेको स्पष्ट पार्नु भयो । उहाँले सडक विस्तार गर्ने भनिएपनि सो अनुसार स्रोत र साधनको अभाव रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश केही बेरमै

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने–यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

कांग्रेसमा दलको नेता को बन्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com