ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ– अर्थमन्त्री खतिवडा


admin

काठमाडौं, २२ माघ । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ ।

बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उहाँले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।“पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको सङ्केत हो”, उहाँले भन्नुभयो, “नयाँ र डिजिटल मिडियाको प्रयोग सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।”अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता नघट्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थाका रुपमा विकास गर्ने गरी ऐन निर्माण गर्न लागिएको जानकारी दिदैं खोज अनुसन्धान र अन्वेषणमूलक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई पर्याप्त बजेट उपलव्ध गराउन लागेको बताउनुभयो । “प्राविधिक, वैज्ञानिक र व्यवसायिक शिक्षामा सरकारको सहयोग रहन्छ” उहाँले भन्नुभयो, “शिक्षाको विकासका लागि सरकारले नीजि क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्दै अघि बढ्छ ।”उहाँले सरकारले सबै स्थानीय तहसम्म इन्टरनेटको पहुँच पु¥याउन लागेको जानकारी पनि दिनुभयो । त्रिविका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवि खनालले २१ करोड ५५ लाख ९५ हजार लागतमा उक्त भवन निर्माण हुन लागेको जानकारी दिनुभयो ।

उहाँले विभागमा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या आउने गरेको उल्लेख गर्दै आवश्यक जनशक्तिको व्यवस्था गरी काम कारवाहीलाई प्रभावकारी बनाइने बताउनुभयो ।इन्जिनियरिङ अध्ययन संस्थानका परामर्श सेवाका प्रमुख नारायण गौतमले पत्रकारिताका विविधि आयमलाई सङ्केत गर्ने गरी भवनको डिजाइन तयार गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने भवनमा पुस्तकालय, प्रयोगशालासहित ७० जना विद्यार्थी अट्ने कक्षा कोठा र रेडियो, टेलिभिजन प्रशारण हुने प्रविधि जडान गर्न मिल्ने व्यवस्था गरिएको छ । भवन निर्माण समितिका संयोजक देवराज अर्यालका अनुसार दुई वर्षमा बन्ने भवन साढे चार तलाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com