ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी कसैलाई रहर लागेर बनेको होइन– सञ्चारमन्त्री बाँस्कोटा


admin
माघ १८, २०७६ शनिबार  ८ : २९ बजे

काठमाडौं, १८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको हो भन्नुभयो । “सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।”

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संलेषित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्छ भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ । यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ ।” “पार्टी कसैलाई रहर लागेर बनेको होइन । विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो”, उहाँले भन्नुभयो, “त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन् । त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

जनकपुरबाट कांग्रेसले चुनावी बिगुल फुक्ने, फागुन ६ मा सार्वजनिक गर्दै प्रतिज्ञापत्र

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com