ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोट माग्दा गरेका वाचा पूरा गर्छु : प्रमुख ओझा


admin

डडेल्धुरा, २१ असार । मतदान हुनुभन्दा अगाडि स्थानीय नगरवासीको घरदैलोमा पुगेर भोट माग्दा गरेका सम्पूर्ण वाचाहरु पूरा गर्ने नवनिर्वाचित प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभएको छ ।

सोमबार पदभार ग्रहण गरी मङ्गलबार अमरगढी नगरपालिकाको कार्यालय पुगेका प्रमुख ओझाले पहिलो जिम्मेवारी नगरलाई सडक सञ्जालमा जोड्ने कुरामा आफूले जोड दिने जानकारी गराएका छन् ।

विसं २०३७ मा बाबु पदमराज ओझा र आमा रत्नादेवी ओझाको कोखबाट जन्मिएका विश्वेश्वरप्रसाद ओझा (विपिन) अमरगढी नगरपालिका प्रमुखमा विजयी भएका छन् । डडेल्धुरा अमरगढी–८ खुल्लेकमा जन्मिएका ओझाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अमरगढीमा खसेको कुल मतमा २,७६८ मत ल्याई विजयी भएका हुन् ।

निर्वाचित भई अमरगढीको नगरपालिकाको कार्यालय गएका प्रमुख ओझाले नगर क्षेत्रलाई तीनवटा सडक सञ्जालमा जोड्ने बताउनुभयो । भित्री, मध्य र बाहिरी चक्रपथको अवधारणा ल्याएको र आफ्नो कार्यकालमा पूरा गर्ने प्रमुखले जनाउनुभयो । पाँच वर्षभित्र एक घर एक खानेपानीको धारासमेत निर्माण गर्ने योजना आफ्नो रहेको र बेरोजगार युवाका लागि कृषिमा आधुनिकीकरण गरी वैज्ञानिक र व्यावसायिक कृषि खेती सञ्चालन गरी रोजगार र व्यावसायिक बनाउने लक्ष्य लिएको समेत प्रमुख ओझाले जानकारी गराउनुभयो ।

यही असार १४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ओझाले १२८ मतको अन्तरले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज जोशीलाई पराजित गरेका हुन् । नेपाली काँग्रेसको गढका रुपमा रहेको अमरगढी नगरपालिकामा विजयी हुन ओझाले कडा सङ्घर्ष गर्नु परेको थियो ।

ओझा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भएका थिए । ओझा २०५१ सालमा नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । राजनीतिमा निरन्तर रुपमा विभिन्न निकायमा निर्वाचित हुँदै आएका ओझाले २०५३ सालमा प्रा क कोषाध्यक्ष, सचिवको जिम्मेवारी समालेका थिए । उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रीय सदस्य हुँदै महाकाली इन्चार्ज समेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

ओझाले आफू विजयी भएमा अमरगढी नगरपालिकालाई सबल समृद्द बनाउनाका साथै यहाँको बेरोजगारी हटाउने मतदातासँग प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुसार आफूले गरेको वाचा पूरा गर्नतिर लाग्ने प्रमुख ओझाको भनाइ रहेको छ । नगरपालिकालाई समृद्ध र आकर्षक र सुन्दर नगरी बनाउनाका साथै युवालाई रोजगारी दिलाउनका लागि विशेष पहलकदमी गर्नाका साथै आधुनिक कृषि परियोजना लागू गरी व्यावसायिक खेतीको सुरुवात गरिने नवनिर्वाचित प्रमुख ओझाले आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

विसं २०६२ मा उनी शिक्षा क्याम्पस डडेल्धुरामा स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए भने २०६५ सालको स्ववियु निवार्चनमा सोही क्याम्पसमा सभापतिसमेत निवार्चित हुनपुगे । नवनिर्वाचित प्रमुख ओझाले गाउँमै रहेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, असल शासन क्लबको अध्यक्ष हुँदै गैरसरकारी संस्थामा समेत काम गर्नुभएको अनुभवले यो नगरलाई आकर्षक पर्यटकीय र नमुना शहर बनाउन सहज हुने प्रमुख ओझाको भनाइ रहेको छ ।

ओझाले राजनीति शास्त्र र जनसङ्ख्या शिक्षामा एमएड सम्मको शिक्षा हासिल गरेका छन् । निर्वाचित भएपश्चात् ओझाले मत माग्दा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ ।

अमरगढी नगरपालिकामा शिक्षा, स्वास्थ्यदेखि विकास निर्माण गरी नमुना नगरपालिका बनाउने गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । आफूले जनताको घरदैलोमा पुगेर भोट माग्दा गरेका वाचालाई मुख्य योजनामा राखी पूरा गर्ने लक्ष्य लिएको र जनताको विश्वासलाई टुट्न नदिने समेत प्रमुख ओझाको भनाइ छ ।

मतदाताले पनि नवनिर्वाचित ओझाले गरेका वाचा पूरा गर्ने विश्वास लिएका छन् । दुई दशकदेखि स्थानीय तहमा जनप्रतिनिधि नहँुदा अमरगढी नगरपालिका अस्तव्यस्त रहेकाले विकास गर्नमा चुनौती रहेको भए पनि जडीबुटी, तरकारीदेखि पर्यटन क्षेत्रको विकास गरी अमरगढी नगरपालिकालाई आर्थिक रुपमा बलियो बनाउन सकिने सम्भावना रहेको प्रमुख ओझाले जानकारी गराउनुभयो ।

ओझा नेकपा (एमाले) डडेल्धुराको नगर वडा कमिटी उपसचिव हँुदै नगर कमिटी सदस्य, रहँदै हाल अमरगढी कमिटीका अध्यक्षसमेत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com