ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरमा बन्ने भयो कमलको फूल आकारको क्रिकेट स्टेडियम (भिडियोसहित)


admin
माघ ३, २०७६ शुक्रबार   १ : २९   बजे

चितवन, ३ माघ । क्रिकेट खेलको प्रवद्र्धनका लागि चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान छ । अभियानस्वरुप नागरिक तहको सहयोगमा रंगशाला बन्नेक्रम जारी छ । राष्ट्रिय ख्याती प्राप्त कलाकारको पहलमा रंगशाला बनाउन लागिएको हो । चितवनको भरतपुरमा निर्माण हुने भनिएको रंगशालाको निर्माण कार्य दश प्रतिशत भैसकेको छ ।

चितवनको भरतपुरमा अनुमानित ३ अर्बको लागतमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण चरणमा छ । करिब २१ विगाह क्ष्ँेत्रमा बन्दै गरेको रंगशाला स्तुपा आकारको हुने छ। क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । नागरीकस्तरबाट सुरु गरिएको अभियानले विश्वकै नमुना क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

प्राविधिक अनुसार रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा तीस हजार दर्शकहरुले खेलको मज्जा लिन सक्नेछन् । रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु राखिनेछ । एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहने छन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् । रंगशालामा फुटबल, भलिबल,नेपालको मौलिक खेल डण्डिवियो सहित २२ खेल खेल्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न खेल मैदान निमाणको चरणमा छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला विभिन्न ७७ वटै जिल्लालाई प्रतिनिधित्व गर्दै ७७ बटा जिल्ला कक्ष पनि निर्माणको क्रममा छ ।

विषेश गरी नेपालमा अन्तराष्ट्रिय स्तरको खेलमैदान नभएको र क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि व्यवथित नभएकोले रंगशालाभित्र क्रिकेट एकेडेमी पनि बन्ने छ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गरिने भएको छ । दैनिक ३ सय ४३ जना कामदार र सयौं स्बएमसेबकहरुले निर्माणधिन रंगशालामा काम भैरहेको ,हाल सम्म जमिनबाट उठाएको वालको १० प्रतिशतकाम सकिएको , तोकिएकै समयमै काम सकिने र जनस्तरबाट बन्दै गरेको रंगशालामा अबको डेढ महिना भित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निमाण सम्पन्न हुने गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका प्राविधिक बताउछन् ।

दैनिक करिब ५ हजार अवलोकनर्ता पुग्छन् भरतपुर । सहयोगवापत प्रति भ्रमणकर्ताले २० रुपैया सहयोग दिदै आएका छन् । फाउन्डेसनले चमेनागृह, किराना पसल समेत संचालन गरेको छ । ठूलो राशीको परियोजनानै भएकोले ठूलो धनराशी आवस्यक छ । यो राशी जुटाउन फाउन्डेसन लागिरहेको सामाजिक अभियान्ता एवम हास्यकलकार अर्जुन घिमिरे बताउछन् ।नागरिक तहबाट थालिएको यो अभियान निकै सकारात्मक छ । अयिभानप्रति राज्यले अनौपचारिक साथ पनि दिएको छ । तर, राष्ट्रिय अभियानका लागि औपचारिक सहयोग र साथ राज्यले पनि दिन सक्यो भने क्रिकेट रंगशालाको निर्माणले खेल क्षेत्रमा परिवर्तन ल्याउन सक्नेमा विमति नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group