ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुन्द्री सतहदेखि ४ हजार उचाइमा रहेको अन्नपूर्ण वेसक्याम्प पर्यटकको आर्कषणको गन्तव्य बन्दै ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २१ पुस ।  १९५० को जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८००० मिटर अग्लो हिमाल माथि पहिलोपटक मानव पाइला पर्यो । त्यो हिमाल थियो ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले सो हिमालको सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो हिमाल भनेर पनि चिन्ने गरिएको छ । तर उनै हर्जोगले पदयात्रा गरी हिमाल चढ्न अघि बढेको म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविर अहिले पनि उति चर्चामा आउन सकेको छैन । झण्डै ७० बर्ष अघि हर्जोगको चालेका पाइला पच्छ्याउँदै हालै गरिएको खोज तथा प्रबद्र्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो ।

अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित उक्त आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर पनि चिन्ने गरिएको छ । फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण वेस क्याम्प बढी चर्चित बन्न पुग्यो । वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबर्धन अभियान अघि बढ्नु पर्ने एवीसी टेलिभिनका प्रधान सम्पादक शुभशंकर कंडेलले बताउनु भयो ।

उक्त वेस क्याम्प म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ । सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । विद्युत आयोजनाले छोटेपासम्म सडक खनेका कारण त्यहींबाट समेत पदयात्रा सुरु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com