ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजश्व सङ्कलनले मात्र देश समृद्ध बन्न सक्दैन– अर्थमन्त्री खतिवडा


admin
पुस १८, २०७६ शुक्रबार  ६ : ५८ बजे

काठमाडौँ,  १८ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व सङ्कलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने बताउनुभएको छ ।
सत्ती भन्सार कार्यालयको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राजश्व सङ्कलनले मात्र नभई अन्य आन्तरिक आयस्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुन्छ ।”

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामी ऊर्जामा आत्मनिर्भर बन्दैछौँ । कृषिमा पनि आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको छ । अहिले विभिन्न बहानाबाजीमा वैदेशिक विवादमा फसाउन खोजिएको छ । तत्काल वैदेशिक सहायता चाहिएको छ । विदेशी सहायतालाई राष्ट्र निर्माणको रुपमा वर्तमान सरकारले लिएको छ ।”सामाजिक सुरक्षा कार्यक्रमलाई वर्तमान सरकारले महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले दुई वर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम र एक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने बताउनुभयो । मन्त्री डा खतिवडाले विकास सूचकाङ्कमा पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं। २ लाई विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै विकासका आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“देशको चरम गरिबी छिट्टै मुक्त हुन्छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन । सबै नेपालीलाई समानतासँगै अगाडि बढ्नेमा सरकार प्रतिबद्ध छ ।” भन्सार कार्यालयलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने तथा क्वारेन्टाइन स्थापनाका लागि पहल शुरु भइसकेको पनि उहाँले बताउनुभयो । विसं २०७५ कात्तिक ५ गतेबाट मूल भन्सारको रुपमा कामकाज शुरु गरेको सत्ती भन्सार कार्यालयको आज औपचारिक रुपमा उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com