ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलो बोकेर कांग्रेसको भलो नहुने प्रचण्डको उद्घोष


ABC News

चितवन १ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भ्रमित गर्ने र ठेक्कावट्टा गरेर हिंड्नेहरुले राजनीकिा नेतृत्व गर्न नसक्ने बताएका छन् । चितवनको गीतानगर बजारमा शुक्रबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको कार्यभार तीब्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताए ।
देशको विकास र जिल्लाको विकास राजनेताले मात्र गर्न सक्ने बताउँदै उनले ठेकेदारहरूबाट देश विकासको कल्पनै गर्न नसकिने बताए । विगतमा आफू पहाड र मदेशको सम्बन्ध सुदृढ गर्न सिराहा गएको स्मरण गर्दै प्रचण्डले यसपटक देशको समृद्धिको सन्देश दिन चितवन आएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको सुरूवात चितवनबाट सुरू गर्दै विकासको मोडलको रूपमा देशैभरी लागु गर्न आफू चितवन आएको बताए । देश विकासको लागि स्थिर र शक्तिशाली सरकार नै आवश्यक रहेको बताए । एकअर्को प्रसंगमा प्रचण्डले कांग्रेस देश विरोधी र विकास विरोधी रहेको तथ्य बुढीगण्डकी परियोजनाको सम्झौता खारेजी स्पष्ट गरेको दावी गरे । उनले मंसिर २१ पछि बन्ने वामपन्थी सरकारले त्यस्ता निर्वाचन विरोधी र विकास विरोधी निर्णय उल्ट्याइदिने चेतावनी दिए ।

उनले माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुँदैन कि भन्ने आशङ्का नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले स्वर्गीय बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै हलो बोकेर काँग्रेसको सपना साकार नहुने व्यंग्य गरे । लोकतन्त्रमा प्रतिस्पर्धा हुने स्वाभाविक भएको भन्दै प्रचण्डले गणतन्त्रविरोधी हलो बोकेर गणतन्त्रमाथि काँग्रेसले बेइमानी गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com