ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशनको मिति तोकेसँगै कांग्रेसको विवाद छताछुल्ल! (भिडियोसहित)


admin

काठमाडौं, १७ पुस । विपी कोइरालाले लिएको मेलमिलापको नीतिलाई दिवसको रुपमा मनाउँदै गर्दा नेपाली कांग्रेस भित्रको एकता भने दिनप्रतिदिन खस्कदो अवस्थामा पुगेको छ । पछिल्लो केन्द्रीय समितीको बैठकले महाधिवेशनको मिति तोकेसँगै कांग्रेसको विवाद छताछुल्ल हुन पुगेको हो । संस्थापन पक्षले एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले निर्णय सच्याउनुपर्ने बताएदै आएको छ । भने जिल्ला सभापतिहरुको समानान्तर भेला पनि बोलाएको छ ।

विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४३ बर्ष पूरा भएको छ । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो । त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर, भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता नेपालमा राजास“गै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए ।

तर, विमानस्थलबाटै कांग्रेस नेताहरुलाई पक्राउ गरि सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा मेलमिलाप दिवस मनाउन थालिएको हो । बुधबार ४४ औ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाइएको छ । नेपालमा राष्ट्रिय एकता तथा मेलमिलापबाटै सबै राजनीतिक परिवर्तनहरु हासिल भएका छन् । दलहरु बीचको एकता हुँदा मात्रै राजनीतिक आन्दोलन सफल भएका छन् । अझै नेपालले गर्नुपर्ने धेरै छ । सबै राजनीतिक दलहरु मिलेर देशको समृद्धि, विकास निर्माणका काममा लाग्नुपर्ने अवस्था आएको छ । तर विपी कोइरालाको मेलमिलापको नीतिलाई सम्झिदै कार्यक्रम गरी मनाइएपनि नेपाली कांग्रेसभित्र भने बेमेल, मनमुटाको स्थिति उत्कर्षमा पुगेको छ । कांग्रेस एकपछि अर्को गर्दै विवाद र असन्तुष्टिको चङ्गुलमा फस्दै गएको छ । मेलमिलापको नीति तत्कालिन अवस्थामा जो जससँग जुन ढंगले गर्न खोजिएको भएपनि हालको लागि भने राजनीतिक परिस्थिती अनुकुल देश र जनताको भलाईको निम्ति मिल्नुपर्छ भन्ने शन्देश आम राजनीतिक पार्टीहरुमा लागु हुनुपर्ने अवस्थामा कांग्रेस भने विभिन्न गुट, उपगुटमा खण्डित हुँदै गइरहेको छ ।

खासगरी पछिल्लो केन्द्रीय समिति बैठकले आगामी महाधिवेशन २०७७ साल फागुनमा गर्ने निर्णय गरेसँगै हालसम्म विभागहरुलाई पूर्णता नदिएको र महाधिवेशनमा आफु अनुकुल मान्छे राख्नलाई ढिलाई गरिएको असन्तुष्ट पक्षको आरोप छ ।कांग्रेसमा खुलेरै तिन गुट देखिएको छ भने विभिन्न शिर्ष नेताहरुले उपगुटको नेतृत्व गर्दै आएका छन् । विभागहरुले अझैपनि पूर्णता पाइसकेका छैनन् । कमिटीहरु क्रियाशिल हुन सकेका छैनन् । संसदमा समेत प्रतिपक्षको भुमिका सशक्त बनाउन नसकेको भन्दै कांग्रेसको आलोचना हुने गरेको छ । साच्चिकै संसदमा बलियो प्रतिपक्षीको भुमिका कांग्रेसले निर्वाह गर्न सकेको छैन । भर्खरै सकिएको नेपाली कांग्रेसको केन्द्रीय कमिटी बेठक पौडेल र सिटौला समूहले बहिस्कार नै गरे ।

जनताको मत जित्नुपर्ने समयमा आफैभित्र टुटफुटको राजनीतिमा रुमल्लिएको कांग्रेसले विपिको मेलमिलापको नीतिकै उपहास गरेको भान हुन्छ । कांग्रेस संस्थापन पक्षको भने असन्तुष्ट पक्षले काम गर्न नदिएको, बखेडा मात्रै झिकेको आरोप छ । तर, असन्तुष्ट पक्ष नेतृत्वले कसैको कुरा नसुनी एकलौटी निर्णय गर्नाले पार्टीमा असन्तुटी पैदा भउको बताइरहेको छ । प्रकाशमान सिंह, नेता, नेपाली कांग्रेस
आफुलाई प्रजातन्त्रको खम्बा भन्ने नेपाली कांग्रेसले आफ्नै पार्टीमा बास्तविक रुपले प्रजातन्त्रको अभ्यास गर्न सकेको छैन । मेलमिलाप दिवस मान्ने कांग्रेसभित्र मेलमिलाप हैन, विवाद नै विवाद छन् । विवाद मिलाएर आन्तरिक प्रजातन्त्रको अभ्यास गर्दै सहकार्य र एकताको राजनीति गर्नु नै कांग्रेसका लागि हितकर हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com