ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई मन्त्री भट्टराईको प्रश्न– संस्था टुक्र्याएर सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी के छ ?(भिडियोसहित)


admin

काठमाडौं, १६ पुस । नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी नया ऐन आउने निश्चित भएको छ । तर सरकारले ल्याउन लागेको नया विधयेकले प्राधिकरणलाई विभाजित पार्ने र काममा सन्तुलन नमिल्ने भन्दै सरकारको यो निर्णयमा आधिकारिक कर्मचारी ट्रेड युनियन सहमत छैन । युनियनले सरकारको यो निर्णय मान्य नहुने भन्दै विरोधको घोषणा गरेपछि मन्त्रालय र कर्मचारी ट्रेड युनियन र मन्त्रालयबिच जुहारी चलेको छ ।

गत साउनमा मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । यससंगै नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी ऐन आउने भएको छ । तर यसको विरोधमा आधिकारिक कर्मचारी ट्रेड युनियन उत्रिएको छ । ट्रेड युनियनले प्राधिकरणलाई विभाजन गर्नेगरि विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । यस विषयमा संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय दृढ रहेको छ । मन्त्रालयले कर्मचारीले जति नै चर्को आज गरेपनि सरकार ऐन ल्याउनेमा प्रतिबद्ध रहेको बताउदै आएकोछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताए । उनले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइनेसमेत चेतावन दिए ।

यता, विधेयकको विरोधमा ट्रेड युनियनले गत मंसिर २९ गते नै विभिन्न चरणका आन्दोलनको घोषणा गरेको थियो । युनियनले पुष १६ देखि १८ सम्म कालो पट्टी बाधेर काम गर्ने, पुष २० देखि २२ गते सम्म पेन डाउन गर्ने तथा पुष २३ गते देखि २५ गते सम्म महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम घोषणा गरेको छ । कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले मन्त्री भट्टराइकै अगाडी प्राधिकरणलाई विभाजन गर्नेगरि विधयेक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने पुन चेतावनी दिए । उनले सरकारले प्राधिकरणलाई टुक्रा टुक्रा पार्न लागेको भन्दै आन्दोनलको घोषणा गरिसकेको बताए । संस्था टुक्र्याएर रातारात सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी के छ भन्दै उनले प्रश्न पनि गरेका थिए ।

संस्थालाई टुक्र्याएर भारतकै जस्तो बनाउन खोजिएको तर भारतमा भन्दा नेपालमा बढी सुरक्षित रहेको अध्यक्ष यादवको भनाइ थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नागरिक उड्डयान सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई दिएको चेतावनी राम्रो भएपनि कर्मचारीका माग र आवश्यकता पुरा गर्ने सम्बन्धमा आपसी समझादारीबाट अगाडी बढ्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com