ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार एक कदम अघि दशक वर्षको रणनीतिमा (भिडियोसहित)


admin
पुस १५, २०७६ मंगलबार  १ : ४३ बजे

काठमाडौं, १५  पुस । यतिबेला भ्रमण वर्षको महोल चुलिदो छ । मौसम चिसो छ, तर भ्रमण वर्षको रौनकताले मौसम नै तातेको छ । २० लाख पर्यटक ल्याउने उदघोषसहितको राष्ट्रिय अभियानले मुलुकभित्र मात्रै होइन,बारिह पनि उत्तिकै छ । आवस्यक पूर्वाधर बन्दोबस्तको समस्या नभएका त होइनन्, तर सरकार पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्ने दुस्साहासका साथ भ्रमण वर्षको अभियानमा जुटेको छ । सातै प्रदेश जिल्ला स्थानीय तह सबै सबैतिर भ्रमण वर्षको माहोल निकै गर्मा गर्मी छ ।

अंगे्रजी वर्ष २०२० को पहिलो दिन जनवरी १, पर्यटन क्षेत्रको ऐतिहासिक औपचारिक दिन हो । समृद्धिको सपनाको आधार पर्यटनबाटै संभव देखेको राज्य यतिबेला विदेशी पाहुनाको स्वागत गर्न निकै आतूर छ । पूर्वाधार र बन्दोबस्तका यावत समस्या नभएका पनि होइनन् । तर विदेशी पाहुनालाई समस्याको बीचमा पनि आतिथ्यता दिने सरकारी योजना हो भ्रमण वर्षका लागि सरकारले ६१ करोड ७४ लाख बजेट विनियोजन समेत गरेको छ । मुल आयोजक समिति, प्रदेश पर्यटन प्रवद्र्धन समिति हुर्दै जिल्ला र स्थानीय तहमा संयन्त्र समेत बनाएको छ सरकारले । राष्ट्रिय पर्वको रुपमा मनाउने महत्वकांक्षी सपना देखेको सरकारले आवस्यक सबै तयारी सकेको छ । प्रचाारात्मक हिसाबले सबै तयारी गरेको सरकारका अगाडि पूर्वाधार र बन्दोबस्त समस्या नै छ । यद्यपी सरकारले सागको जस्तै भव्य तयारी भएको दाबी छ ।

भ्रमण वष मनाउने सन्दर्भमा सरकार एक कदम अघि बढेर दशक वर्षको रणनीतिमा जुटेको छ । सन २०३० सम्ममा एक करोड विदेशी पर्यटक भित्र्याउने उद्घोष गर्दै सरकारले थप महत्व दिएको छ । सरकारको भनाई अनुसार नेपाल भ्रमण २०२० अन्तिम होइन, यो भ्रमण वर्ष दशकको शुरुवाती हो । दशक वर्षको शुरुवातीको रुपमा लिएको भ्रमण वर्ष २०२०को औपचारिक कार्यक्रम देशभर तहगत रुपमा तय भएका छन् । संघीय सरकारले दशरथ रंगशालामा औपचारिक उद्घाटन गर्ने भएको छ । राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ । त्यसैगरि प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भव्य उद्घाटन गर्ने तयारी छ ।समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना छ ।त्यर्सैगरि प्रदेश २ को उद्घाटन जनकपुर धाममा हुने भएको छ । प्रदेश २ ले विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिकसुरुवात गर्दैछ । त्यस्तै प्रदेश ३ ले चितवनको सैराहमा हुने कार्यक्र छ ।प्रदेश ३ सरकारले सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ ।त्यस्तै गण्डकी प्रदेश सरकारले पोखरामा विशेष कार्यक्रम उद्घाटन तय गरेको छ ।प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ ।

त्यस्तै प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा समेत गरेको छ ।विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ । उता एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कर्णाली प्रदेश जुटेको छ । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यसैगरि सुदूरपश्चिम प्रदेशले धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा कार्यक्रम गदैछ । कार्यक्रम सुदूरपश्चिमको कला र संस्कृतिक झाँकी प्रदर्शन हुनेछ । सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने छ यसरी भ्रमण वर्ष मनाउने सरकारी तयारी जति अवसरको रुपमा । यत्ति २० लाख पर्यटक भित्र्याउने र बसाइ अवधि १४ दिन र खर्च ६५ अमेरिकी खर्च औसत पुराउने मुख्य चुनौति छ । करोडौ खर्च गरेको सरकारले भ्रमण वर्षले औसतमा पर्यटक भित्र्याउन नसक्ने हो कि भन्ने चिन्ता जिवितै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com