ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल उपमहानगरमा बहुमतको दम्भ [भिडीयो सहित]


sharan sharan
मंसिर २३, २०७६ सोमबार  ८ : ०८ बजे

बुटवल, २३ मंसिर ।
ठेकेदार कम्पनीले बेलामा काम नसकेर कतिपय आयोजनाहरु अलपत्र पारेको खबर त प्रसस्त पढिन्छ, सुनिन्छ । तर नगरको बिकास गर्न भन्दै चुनिएका जन प्रतिनिधि र उपभोक्ता समितीका पदाधिकारी मिलेर काम नै नसकि काम सकेको प्रतिबेदन बुझाएर काम अलपत्र पारेको दृष्य हेर्न भने बुटवल पुग्नु पर्दछ ।
बुटवल उपमहानर भित्रको एउटा बस्ती हो सुख्खानगरको धर्मपथ । मुलुकको बागडोर सम्हाली रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ५ को कार्यालय पनि यहिं पर्दछ ।निकै जिर्ण बनेको सडक मर्मत गर्ने भन्दै २०७५ चैत्र १३ गते उपमहानगर को ५० लाख र उपभोक्ता समितीको ८ लाख ८३ हजार लगानी रहने गरि सडक पिच गर्ने, नाली निर्माण गर्ने र फुटफथ बनाउने गरि सम्झौता भएको थियो । जेठ २ गते कार्य सम्पन्न गर्ने गरि भएको सम्झौतामा २०७६ को मंसिर लाग्दा पनि कार्य सम्पन्न भने हुन सकेको छैन । सडक पिच र उत्तर पट्टीको फुटपाथ तथा दक्षिणको आधा फुटपाथ बनाएर काम रोकिएको ६ महिना बिती सक्दा पनि सडक छेउको जिर्ण ढल जस्ताको तस्तै छ । पुरानो ढलको ढक्कन हटाएर नयां ढक्कन नराखिंदा बस्ती नै दुर्गन्धीत बनेको छ । करिव ३ सय मिटर फुटपाथ नबनाई अलपत्र पारिएको छ । तर उपभोक्ता समितीले कागजी सार्वजानीक सुनुवाई गरेर काम सकिएको कागज बनाईएको स्थानीय उपभोक्ता ध्रुव नेपाल बताउंछन् ।
त्यसो त उपभोक्ता समितीलाई बनाउन दिईएको काम समितीले ठेकेदार कम्पनीबाट गराएको थियो । उपभोक्ता समितीबाट गराउनु पर्ने काम ठेक्कामा दिन नपाईने ब्यवस्था रहेपनि धर्मपथमा भने ठेकेदार कम्पनीले सडक, नाली र फुटपाथको काम गरेको अर्का स्थानीय उपभोक्ता चेतनाथ अचार्यको भनाई छ । कागजीरुपमा उपभोक्ता समिती खडा गरिएपनि धर्मपथको काम बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिमबहादुर श्रेष्ठको छोराका नाममा रहेको ठेकेदार कम्पनीले गरेको थियो ।
सडक अलपत्र परेको बिषयमा बुझ्न वडा कार्यालय पुगेका स्थानीयबासी र उपभोक्ता समितीका सदस्यहरुले ठेक्कामा दिएको बताए पनि वडा अध्यक्ष भिमबहादुर श्रेष्ठ भने ठेक्कामा दिएको कुरा मान्न तयार देखिंदैनन् ।
काम अधुरै छाडेर बाम बन्द भै सकेको आयोजनाका सम्बन्धमा वार्ड अध्यक्ष आफैले काम सम्पन्न भएर सार्वजानीक सुनुवाई भई सकेको बताईरहंदा वडा अध्यक्षको घरबाट ५० मिटर नजिकको नालीबाट भने दुर्गन्ध आईरहेको छ ।
जेठ २ गते सम्पन्न गर्ने गरि उपभोक्ता समितीसंग गरिएको सम्झौता अनुसार किन काम सकिएन त भन्दा वडा अध्यक्ष धम्कीपुर्ण भाषामा जहां जाने हो जानुस् भन्दै जङ्गीन्छन् । फुटपाथ खोई त अध्यक्ष ज्यु ? भन्ने प्रश्नमा उनको जवाफ अर्कै तिर मोडीन्छ । फेरी उपभोत्ताले पैसा नथपे फुटपाथ नबन्ने उनको भनाई छ । झण्डै १२ घरधुरीका उपभोक्ताले समेत उठाएको रकमबाट करिव ८० घरधुरीको अगाडी फुटपाथ बनी सक्दा अव १२–१५ घरधुरीका अगाडी फुटपाथ र ढल बनाउने काममा फुटपाथ बनिसकेका घरधुरी र घडेरीवाला उपभोक्ताले रकम मिसाउनेमा स्थानीय उपभोक्तामा आशंका छ ।
उता वार्ड अध्यक्ष श्रेष्ठकै आग्रहमा उपभोक्ता समितीको अध्यक्ष बनेका पदमबहादुर पुनले भने जता जता वडा अध्यक्षले भने उतै उतै हस्ताक्षर गर्ने गरेको पाईएको छ । सुरुमा छड नै नभएको ढलको ढक्कन सहितको फुटपाथ बनाउने सम्झौतामा हस्ताक्षर गरेका पुन पछिल्लो समय काम नै सम्पन्न नभएको परियोजनाको काम सकिएको प्रतिबेदनमा हस्ताक्षर गर्न तयार देखिन्छन् । क्यामरामा बोल्न अस्विकार गरेका अध्यक्ष पुन मिडीयाको चासोलाई पार्टीबाजी सम्झन्छन् । उनीले मिडीयालाई पार्टीबाजी गरेको भन्दै आरोप लगाएको अडियो हामीसंग सुरक्षित रहेको छ ।
वडा अध्यक्षले काम सकिएको दाबी गरिरहंदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ का प्राबिधीक ज्ञान प्रसाद अर्यालले सुरुमा तयार भएको स्टमेट भन्दा गुणस्तर थप गर्दा लागत बढेको र स्टमेट चेन्ज गर्दा समयमा नसकिएको स्विकार गर्छन् ।
मुल्यांकनको सुचांकको आधारमा हरेक वर्ष प्रथम स्थान पाउने बुटवल उपमहानगरको अवस्थाले सिङ्गो नेपालका नगरपालिकाहरुको काम गर्ने शैलीको उजागर गरेको छ । उपमहानगरमा भारी बहुमत सहित उपस्थित नेकपाका वडा अध्यक्षकै मिलोमतोमा नेकपा कै प्रदेश कार्यालय रहेको टोलमा गोलमाल गर्दा पार्टीको पनि ध्यानाकर्षण हुन जरुरी देखिएको छ । आयोजना अधुरै छाडेर कागजमा काम सकिएको प्रतिबेदन तयार गर्ने र गर्न लगाउने बुटवलका महान ठेकेदार, वडा अध्यक्षको मुल्यांकन गर्ने जिम्मा भने दर्शकलाई ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पोखरी खन्ने कार्य तत्काल बन्द गर्नुपर्छ ः रास्वपा ः सांसद धिमाल

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

सम्बन्धित

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com