ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल उपमहानगरमा बहुमतको दम्भ [भिडीयो सहित]


sharan sharan

बुटवल, २३ मंसिर ।
ठेकेदार कम्पनीले बेलामा काम नसकेर कतिपय आयोजनाहरु अलपत्र पारेको खबर त प्रसस्त पढिन्छ, सुनिन्छ । तर नगरको बिकास गर्न भन्दै चुनिएका जन प्रतिनिधि र उपभोक्ता समितीका पदाधिकारी मिलेर काम नै नसकि काम सकेको प्रतिबेदन बुझाएर काम अलपत्र पारेको दृष्य हेर्न भने बुटवल पुग्नु पर्दछ ।
बुटवल उपमहानर भित्रको एउटा बस्ती हो सुख्खानगरको धर्मपथ । मुलुकको बागडोर सम्हाली रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ५ को कार्यालय पनि यहिं पर्दछ ।निकै जिर्ण बनेको सडक मर्मत गर्ने भन्दै २०७५ चैत्र १३ गते उपमहानगर को ५० लाख र उपभोक्ता समितीको ८ लाख ८३ हजार लगानी रहने गरि सडक पिच गर्ने, नाली निर्माण गर्ने र फुटफथ बनाउने गरि सम्झौता भएको थियो । जेठ २ गते कार्य सम्पन्न गर्ने गरि भएको सम्झौतामा २०७६ को मंसिर लाग्दा पनि कार्य सम्पन्न भने हुन सकेको छैन । सडक पिच र उत्तर पट्टीको फुटपाथ तथा दक्षिणको आधा फुटपाथ बनाएर काम रोकिएको ६ महिना बिती सक्दा पनि सडक छेउको जिर्ण ढल जस्ताको तस्तै छ । पुरानो ढलको ढक्कन हटाएर नयां ढक्कन नराखिंदा बस्ती नै दुर्गन्धीत बनेको छ । करिव ३ सय मिटर फुटपाथ नबनाई अलपत्र पारिएको छ । तर उपभोक्ता समितीले कागजी सार्वजानीक सुनुवाई गरेर काम सकिएको कागज बनाईएको स्थानीय उपभोक्ता ध्रुव नेपाल बताउंछन् ।
त्यसो त उपभोक्ता समितीलाई बनाउन दिईएको काम समितीले ठेकेदार कम्पनीबाट गराएको थियो । उपभोक्ता समितीबाट गराउनु पर्ने काम ठेक्कामा दिन नपाईने ब्यवस्था रहेपनि धर्मपथमा भने ठेकेदार कम्पनीले सडक, नाली र फुटपाथको काम गरेको अर्का स्थानीय उपभोक्ता चेतनाथ अचार्यको भनाई छ । कागजीरुपमा उपभोक्ता समिती खडा गरिएपनि धर्मपथको काम बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिमबहादुर श्रेष्ठको छोराका नाममा रहेको ठेकेदार कम्पनीले गरेको थियो ।
सडक अलपत्र परेको बिषयमा बुझ्न वडा कार्यालय पुगेका स्थानीयबासी र उपभोक्ता समितीका सदस्यहरुले ठेक्कामा दिएको बताए पनि वडा अध्यक्ष भिमबहादुर श्रेष्ठ भने ठेक्कामा दिएको कुरा मान्न तयार देखिंदैनन् ।
काम अधुरै छाडेर बाम बन्द भै सकेको आयोजनाका सम्बन्धमा वार्ड अध्यक्ष आफैले काम सम्पन्न भएर सार्वजानीक सुनुवाई भई सकेको बताईरहंदा वडा अध्यक्षको घरबाट ५० मिटर नजिकको नालीबाट भने दुर्गन्ध आईरहेको छ ।
जेठ २ गते सम्पन्न गर्ने गरि उपभोक्ता समितीसंग गरिएको सम्झौता अनुसार किन काम सकिएन त भन्दा वडा अध्यक्ष धम्कीपुर्ण भाषामा जहां जाने हो जानुस् भन्दै जङ्गीन्छन् । फुटपाथ खोई त अध्यक्ष ज्यु ? भन्ने प्रश्नमा उनको जवाफ अर्कै तिर मोडीन्छ । फेरी उपभोत्ताले पैसा नथपे फुटपाथ नबन्ने उनको भनाई छ । झण्डै १२ घरधुरीका उपभोक्ताले समेत उठाएको रकमबाट करिव ८० घरधुरीको अगाडी फुटपाथ बनी सक्दा अव १२–१५ घरधुरीका अगाडी फुटपाथ र ढल बनाउने काममा फुटपाथ बनिसकेका घरधुरी र घडेरीवाला उपभोक्ताले रकम मिसाउनेमा स्थानीय उपभोक्तामा आशंका छ ।
उता वार्ड अध्यक्ष श्रेष्ठकै आग्रहमा उपभोक्ता समितीको अध्यक्ष बनेका पदमबहादुर पुनले भने जता जता वडा अध्यक्षले भने उतै उतै हस्ताक्षर गर्ने गरेको पाईएको छ । सुरुमा छड नै नभएको ढलको ढक्कन सहितको फुटपाथ बनाउने सम्झौतामा हस्ताक्षर गरेका पुन पछिल्लो समय काम नै सम्पन्न नभएको परियोजनाको काम सकिएको प्रतिबेदनमा हस्ताक्षर गर्न तयार देखिन्छन् । क्यामरामा बोल्न अस्विकार गरेका अध्यक्ष पुन मिडीयाको चासोलाई पार्टीबाजी सम्झन्छन् । उनीले मिडीयालाई पार्टीबाजी गरेको भन्दै आरोप लगाएको अडियो हामीसंग सुरक्षित रहेको छ ।
वडा अध्यक्षले काम सकिएको दाबी गरिरहंदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ का प्राबिधीक ज्ञान प्रसाद अर्यालले सुरुमा तयार भएको स्टमेट भन्दा गुणस्तर थप गर्दा लागत बढेको र स्टमेट चेन्ज गर्दा समयमा नसकिएको स्विकार गर्छन् ।
मुल्यांकनको सुचांकको आधारमा हरेक वर्ष प्रथम स्थान पाउने बुटवल उपमहानगरको अवस्थाले सिङ्गो नेपालका नगरपालिकाहरुको काम गर्ने शैलीको उजागर गरेको छ । उपमहानगरमा भारी बहुमत सहित उपस्थित नेकपाका वडा अध्यक्षकै मिलोमतोमा नेकपा कै प्रदेश कार्यालय रहेको टोलमा गोलमाल गर्दा पार्टीको पनि ध्यानाकर्षण हुन जरुरी देखिएको छ । आयोजना अधुरै छाडेर कागजमा काम सकिएको प्रतिबेदन तयार गर्ने र गर्न लगाउने बुटवलका महान ठेकेदार, वडा अध्यक्षको मुल्यांकन गर्ने जिम्मा भने दर्शकलाई ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com