ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकी सडक खण्डमा पप्पु कन्ट्रक्सनको बद्मासी,विच वजारमै गुणस्तरहिन कार्य (भिडियोसहित)


admin
मंसिर १८, २०७६ बुधबार  २ : ५१ बजे

बर्दिया,१८ मंसिर । बर्दियाको हुलाकी सडक खण्ड अन्र्तगत गुलरिया बजारको पश्चिम बन कार्यालय देखि भन्सार कार्यालय सम्मको ४ लेनको बाटोमा कालोपत्रे गर्नका लागी बेस अर्थात गिटटीको धुलोे हाल्नुपर्नेमा वालुवा हालेको भेटिएको छ । हुलाकी सडक आयोजनाले टेन्डर आव्हान गरी पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको हुलाकी मार्गमा यसरी विच वजारमै गुणस्तरहिन कार्यभैरहदा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानियको गुनासो छ ।

पप्पु कन्ट्रक्सन प्रालिले यसरी वजार क्षेत्रमै गुणस्तरहिन कार्य गरिरहेको जनगुनासो बढेपछि वालुवा हालिएको स्थानमा गुलरिया नगरपाकिलाको टिम र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थलगत अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बेस हाल्नुपर्ने स्थानमा बालुवा हालिएको हुदा तत्काल त्यसलाई निकाल्न निर्देशन दिएका छन् । जम्मा २ किलोमिटर लम्वाईको सो ४ लेनको बाटो बर्दियाको सदरमुकाम क्ष्ँेत्रमै यसरी गुणस्तरहिन काम भैरहेको छ भने अन्य ग्रामिण भेगमा के कस्तो कालोपत्रे भयो होला सोझै अनुमान गर्न सकिन्छ ।

हुलाकी मार्ग अन्तर्गत बनिरहेको यो बाटोमा त्यो पनि बजार क्ष्ँेत्रमा यस्तो लापरर्वाही भन्दै सम्वन्धित निकायलाई यस विषयमा जानकारी गराइएको गुलरिया नगरपालिकाका सव इन्जिनियर अर्जुन लम्सालले जानकारी दिए । पप्पु कन्ट्रक्सनले जिम्मा पाएको र गणपति सेवाले बनाइरहेको सडकमा विछ्याइएको बालुवा हटाउने कार्य अहिले चलिरहेको छ । हुलाकी राजमार्गको कार्यको स्थानिय स्तरबाट अनुगमन नियमन हुन नसक्दा बर्दियाका अधिका“स भागमा बनिरहेको बाटोमा कालोपत्रे गुणस्तरहिन बनेका छन । अहिले हुलाकी सडक अन्तर्गत गुलरिया , राजापुर र भुरिगा“उ क्ष्ँेत्रमा निर्माणको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com