ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण


admin
कार्तिक २६, २०७४ आईतबार   १ : ०७   बजे

भद्रपुर, २६ कात्तिक ।  आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती भारतीय बजार दीघलबैंकसँग जोडेर सडक निर्माण गरी सरकारले भन्सार कार्यालय स्थापना गर्नसके उत्तः क्षेत्रमा व्यापार व्यवसाय बढ्ने स्थानीय व्यापारी मनोज गणेश बताउनुहुन्छ ।

आदिवासी, जनजाति, पिछडा वर्ग, मुस्लिम जातिको बाहुल्यता रहेको सो क्षेत्रमा गरिबी व्याप्त छ । कन्काई, बिरिङ र सानो माइमा वर्षेनी आउने बाढी र त्यसबाट हुने कटानका कारण किसानले धनजनको नोक्सानी व्यहोदै आएका छन् । स्थानीयवासीले कटान रोकथामको पहल गर्न यहाँ प्रचारप्रसारका लागि आउने विभिन्न दलका उम्मेवारसँग माग गरिरहेका छन् ।

“हाम्रा प्रमुख माग यिनै हुन्,” झापा गाउँपालिका–४ की लखी गणेशले भन्नुभयो । बाढीले खेत कटान, बालीनाली नष्ट र सडक बाटो तथा पुलपुलेसा बगाउने गरेको छ । बाटोको असुविधाका कारण आगलागी भएको अवस्थामा समयमै बारुणयन्त्र पु¥याउन कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

बाढीबाट अत्यधिक जोखिम व्यहोरिरहेका टाघनडुब्बा र कुमरखोदका बासिन्दासँग तीन वटा नदीको जलाशयले टापुमा बस्नुपर्ने पीडा छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले यी मागसँगै बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने उम्मेदवारसँग माग गरिरहेका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ काँग्रेसका देउमान थेवे, वाम गठबन्धनका तर्फबाट एमालेका लालप्रसाद (एलपी) सावासहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’ मा काँग्रेसका किरण भट्टराई, वाम गठबन्धनबाट माओवादी केन्द्रका झलकबहादुर मगरसहित छ जना, तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका उत्तमकुमार शर्मा (सुवेदी), वाम गठबन्धनबाट एमालेका हीराकुमार थापासहित ११ जना उम्मेदवार मतदातामाझ प्रचारप्रसार, कोणसभा र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यस क्षेत्रमा काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । झापा गाउँपालिका, गौरादह नगरपालिका– ९, गौरीगञ्ज गाउँपालिका– १ र २, कन्काइ नगरपालिका– १, २, ३, ४, ५, ६ र ७ तथा शिवसत्ताक्षी नगरपालिका रहेको यस क्षेत्रमा कूल एक लाख नौ हजार ४०१ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group