ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको शौचालयमा दिवा खाजाको भान्सा (भिडियोसहित)


admin
मंसिर १२, २०७६ बिहीबार  १ : ३९ बजे

 

दाङ,१२ मंसिर । दाङको एक विद्यालयमा कोठा अभावको कारण देखाउंदै दिवा खाजा कार्यक्रम शौचालय भवनमा पकाउने गरिएको छ । विद्यार्थी बढेको तर कोठा नभएको भन्दै शान्तिनगर अमुवामा रहेको अम्बिकेश्वरी आभारभूत विद्यालयले शौचालयलाई भान्सा कोठा बनाएको हो ।

दाङको शान्तिनगर २ अमुवामा रहेका अम्बिकेश्वरी आधारभुत विद्यालयमा शिशु कक्षादेखी कक्षा ८ सम्म पढाई हुन्छ । विद्यालयमा विद्यार्थी नियमित रुपमा पढ्न आउन भनेर विद्यालयले दिवा खाजा कार्यक्रम संचालन गरिरहेको छ । खाजा कार्यक्रम संचालनका लागि स्थानीय गाउँपालिकाले सहयोग पनि गरेको छ । तर, विद्यालयमा भने खाजा बनाउनका लागि भान्सा कोठाको अभाव छ । पकाउने ठाउंको अभाव भएपछि विद्यालयले शौचालयलाई भान्छा कोठाको विकल्प बनाइएको छ । शौचालयलाई बन्द गरी त्यसलाई भान्सा कोठा बनाउन विद्यालय बाध्य भएको छ ।

यता गाउँपालिकाले भने अम्बिकेश्वरीमा मात्र नभई गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा पनि शिक्षक अभाव भएको जनाएको छ । त्यसैगरी गाउँपालिका भित्र धेरै विद्यालयलाई भवन अभाव भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख घनश्याम वलीले जानकारी दिए । गत बर्ष अम्बिकेश्वरी विद्यालयलाई २ कोठाको भवन दिएको भन्दै दिवा खाजा कार्यक्रमलाई शौचालयमा पकाएर खुवाउनु गलत भएको उनले जिकिर गरे । दिवा खाजाको भान्सा शौचालयबाट अनेत्र व्यवस्थापन गर्न आग्रह गर्ने वलीले बताए । करिब २५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा कोठा अभावको कारण एउटा कोठालाई दुई भाग गरी कक्षा संचालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक अब्दुल गफार मियाँले बताउंछन् । यस बर्षको शैक्षिक सत्रदेखी विद्यालयमा कक्षा ५ सम्म अग्रेजी माध्यमवाट पढाई शुरु गरेपछि गतबर्षको तुलनामा विद्यार्थी संख्या बढेको छ । जसका कारण पनि कक्षा कोठाको अभाव भएको प्रधानध्यापक मियाँले जिकिर गरे ।

२०६८ सालदेखी विद्यालयका पढाउँदै आएका शिक्षक रेशम खड्काले विद्यालयमा धेरै समस्या भएको बताउंछन् । शुरुमा आउँदा भवन लगाएत अन्य धेरै समस्या रहेकोमा अहिले केही क्रमिक रुपमा सुधार भए पनि अझै धेरै समस्या हल गर्न बांकी रहेको खड्का बताउंछन् ।
विद्यालयलाई कक्षा संचालन गर्न ११ वटा कक्षा कोठा आवश्यक पर्छ । पटक–पटक गाउँपालिकामा विद्यालयको समस्याको बारेमा जानकारी गराएको भएता सुनुवाई भएको छैन । विद्यालयलाई ४ वटा कोठाको आवश्यक छ । गत बर्ष २ वटा गाउँपालिकाले दिएको थियो तर त्यो अपुग भएको प्रधानध्यापक मियां बताउंछन् । कक्षा ८ सम्म पढाई हुदै आएको विद्यालयमा निमावि तहको कुनै पनि दरबन्दी नहुदाँ प्रा.विको तहका ४ जना दरबन्दी शिक्षक र ४ जना निजी श्रोतका शिक्षकहरुले पढाउँदै आएकन छन् । विद्यालयले शिशु कक्षा, एल.केजी, युकेजी कक्षा १ गरी कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com