ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चीनसंग व्यापार सम्झौताका बारेमा छलफल


admin
कार्तिक २४, २०७४ शुक्रबार   १२ : ३९   बजे

काठमाण्डौं, २४ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी हुँदै सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै बताए । चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रअरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्टभूमिमा देखाइएको थियो । त्यसै गरी चिनिया“ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताए । सीले दुई देशले सीमित चुनौती र विकासका लागि अनन्त सम्भावनाँ सामना गरिरहेका बताए । समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले चीनसंग व्यापार सम्झौताका विषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुरिएको बताए । टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको बताए । यसपहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसंग व्यापार घाटा व्यहोर्नूपरेको बताउनुभएको थिए । तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताए । विगतका अमेरिकी प्रशासनहरु नै चीनसंगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दाबी थियो । ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group