
विराटनगर, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानको जस्तै व्यवहार गरेको बताउनुभएको छ ।
कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भन्नुभयो , कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो ।
पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’ त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उहाले बताउनुभयो । कांग्रेस सभापति देउवाले भन्नुभयो , ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको छैन ।



















प्रतिक्रिया दिनुहोस्