ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङ प्रदेशसभा उपचुनाव : कसले मार्ला बाजी? (भिडियोसहित)


admin
मंसिर १०, २०७६ मंगलबार  १ : ३७ बजे

दाङ,१० मंसिर । दाङको क्षेत्र नम्वर ३ अन्तर्गतको प्रदेशसभा खमा हुन गैरहेको प्रदेशसभा चुनावको माहोलले दाङलाई तताएको छ । राजनीतिक दलहरु चुनावी नतिजा हात पार्ने गरी जनताको घरघरमा पुगेका छन् । चुनाव बहिस्कार गर्ने दलहरुले मतदातालाई चुनाब बहिस्कार गर्न आग्रह गर्दैछन् । तर, चुनावमा भोट हाल्ने मतदातामा भने त्यति उत्साह देखिदैन ।

दाङमा यति बेला चुनावी महोल निकै तातिएको छ । दलका उम्मेदवारहरुले दैनिक गाउँ गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेका छन् । दाङको क्षेत्र नं ३ (ख)मा प्रदेश सभा सदस्यको लागी र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदको लागी यहि मंसिर १४ गते हुने निर्वाचनमा हिजो आज दाङमा केन्द्रिय नेताहरु आएका चुनावी सभा गर्दै आएका छन् । तर मतदाताहरुलाई भने कागलाई बेल पाक्यो हर्ष न विषमात भने झैं भएको छ । मतदाताले विभिन्न निर्वाचन उम्मेदवारहरुलाई जिताएर पठाएको भए पनि उनीहरुले गाउँको विकास भन्दा आफ्नो विकास बढि गरेकाले आधारभूत जनतालाई उपनिर्वाचनको त्यति महत्व छैन ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेकपा, कांग्रेस, समाजबादी पार्टी, राप्रपा संयुक्त लगायतका १४ जना उम्मेदवार छन् । सबै आआफ्नो गच्छे अनुसार चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारहरुमा भने कस्ले धेरै मत ल्याउने र जित्ने भन्ने होडबाजी चलेको छ । तर उक्त चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् ।विभिन्न पटकको चुनावमा मतादान गरेको दंगिशरण गाँउपालीका ७ का शरद पौडेलले जति पटक भोट हाल्दा पनि देशमा कुनै परिवर्तन नभएको गुनासो गर्छन् । पौडेलले चुनावको बेला जनता सामु आएर झुठा आश्वसन दिने पछि जितेपछि आफ्नै दुनो सोझाउने काम मात्र भएको बताउंछन् । चुनावमा बिभिन्न किसिमको बिकासका नारा लिएर भोट माग्न आउने र जितेर गएपछि बिकासको कुरा त परै जाओस फर्केरसम्म पनि नआउने गरेको बताउंछन् अर्का मतदाता नोखराम खड्का । ३६ बर्ष अघिदेखि देखाएको बिकासे योजना अहिलेसम्म पुरा गर्न नसकेको बताउंछन् खड्का । दंगिशरण गाँउपालीका वडा नं ५ का थकाली थारु र वडा नं ७ का झुल्प चौधरीले पनि चुनावमा जितेर गएका जुन नेता आएपनि आफुले बिकास नपाएको र झुटा आश्वासन मात्र दिने गरेको गुनासो गर्छन् ।

तर, प्रदेश सभा सदस्यका लागी उम्मेदवार बनेका नेताहरुले आफुहरुले जिते पश्चिम दाङको विकास गर्ने भन्दै आएका छन । नेकपाको तर्फबाट उम्मेदवार बनेकी विमला वलीले आफुले जिते पश्चिम दाङको विकास गर्ने र आफ्ना श्रीमानका अधुरा सपना पुरा गर्ने बताउंछिन् । यसैगरी नेपाली काग्रेसका उम्मेदवार केशबराज आचार्यले पनि पश्चिम दाङको विकास आफु लागिपर्ने वाचा गर्छन् । आफुले जिते दाङलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने आश्वासन दिएका छन् उनले मतदातालाई ।

मतदातामा चुनावी आकर्षण कम भएपनि राजनीतिक दलका नेता कार्यकर्तामा भने चुनवाको उत्सव कायमै छ । चुनाव बहिस्कार गर्ने पार्टी पनि दाङमा क्रियाशिल छ । चुनावी माहौलकै बीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले भने उपनिर्वाचन बहिस्कार अभियान चलाएको छ । कसैको बहिस्कार कसैको चुनावी प्रचार । अधिकांश स्थानीय मतदाता भने चुनावको दिनसम्म निर्णय गर्ने मनस्थितिमा छन् । जति गालि गरेपनि आखिरमा देश चलाउन भने नेता नभै नहुने निस्कर्ष मतदाताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com