गुलरिया बर्दिया, २० असार । राजापुर नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
नगर प्रमुखमा शिव थारु नौ हजार ४९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी नौ २१९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी तारा चौधरीले आठ हजार ५७० मत प्राप्त गर्नुभयो ।
यसैगरी बाँसगढी नगरपालिकामा नेकपा एमाले् विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी आठ हजार ७८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले सात हजार ८२२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सुस्मा चौधरी नौ हजार २९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमी विकले सात हजार ३४८ मत प्राप्त गर्नुभयो । रासस








प्रतिक्रिया दिनुहोस्