ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहार र देउसी भैलोका नाममा नेपाली संस्कृति माथि प्रहार [भिडीयो सहित]


sharan sharan

बुटवल, १९ कार्तिक । तिहार सकिएको ३।४ दिन भईसक्दा पनि बुटवलमा भने तिहारको रौनक सकिएको छैन । शहरका हरेक टोलहरुमा हरेक दिन मध्यराती सम्म स्थानीय युवाहरुले देउसी भैलो खेल्ने क्रमलाई भने जारी राखेकाछन् । युवाहरुले प्रदर्शन गरेका कार्यक्रमलाई देउसी भैलो भनिएपनि कार्यक्रम हेर्दा देउसी भैलोको रंङ्ग भने देख्न सकिंदैन ।
औपचारीकरुपमा तिहार सकिएको ३।४ दिन भई सकेको भएपनि बुटवलमा देउसी भैलो नाम दिईएको सडक सांगितीक कार्यक्रमको रौनकले छाडेको छैन । स्थानीय युवाहरु हरेक दिन मध्यराती सम्म शहरका चौकहरुमा ठुलो आवाजमा गित संगित बजाउंदै नाचगान गर्नमा ब्यस्त छन् । युवाहरुको नाचलाई देउसी भैलो भनिए पनि ती नाचहरुमा देउसी भैलोको आभास भने पाउन सकिंदैन । केहि स्थानहरुमा कम्तीमा नेपाली लोक भाकामा नाचगान गरेको भेटिएपनि धेरै जसो स्थानमा हिन्दी गितको तालमा वा डीजे लगाएर नाचेको पाईएको छ ।
परम्परा देखि भट्याएर गाईने देउसी लोप हुने अवस्थामा त पुगेकै छ, नेपाली भाषाका गितहरु पनि बज्न कम हुंदै गएपछि कुनै बेला देउसी भैलो नै एकादेशको कथा पो बन्ने हो कि जस्तो देखिएको छ । युवाहरुमा देखिएको परिवर्तनले नेपाली संस्कृति खतरामा परेको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका प्रदेश नम्बर ५ का अध्यक्ष डिल्लीनारायण पाण्डे बताउंछन् ।
डिजेको तालमा नाच्ने र साउण्ड सिस्टममा गित बजाएर नाच्नु भैलो हो र ? भनेर भैलोमा सहभागि युवाहरुलाई सोध्दा उनीहरुसंग स्पष्ट उत्तर भने हुने गर्दैन । परम्परा र संस्कृति जोगाउने गरि राज्यले निती नबनाईदिंदा नेपाली संस्कृति लोप हुने अवस्था देखिएको बरिष्ठ पत्रकार डी आर घिमीरेको भनाई छ ।
त्यसो त बजारमा देखिएका बिकृतिको बिषयमा प्रदेश सरकार पनि जानकार छ । हस्तक्षप गर्दा अप्ठ्यारो पर्ने र नगर्दा संस्कृति बिग्रने खतरा रहेको प्रदेश नम्बर ५ मा संस्कृति मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग, पर्यटन, बन तथा वाताबरण मन्त्री लिला गिरी बताउंछन् ।
कतिपय स्थानीय पालिकाहरुले डिजे वा साउण्ड सिस्टम लगाएर देउसी भैशलो खेल्न नपाउने घोषणा गरेपनि त्यस्को कार्यान्वयन भने हुन सकेको छैन । नेपाली कला र संस्कृतिले नै नेपालको पहिचान बिश्व समुदायमा गराएको छ । कला र संस्कृतिमाथिको प्रहारलाई रोक्न स्थानीयबासी त जागरुक हुनु पर्छ नै स्थानीय सरकारले पनि बिशेष कानुन ल्याएर संस्कृति जोगाउन पहल गर्नै पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com