ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहार र देउसी भैलोका नाममा नेपाली संस्कृति माथि प्रहार [भिडीयो सहित]


sharan sharan
कार्तिक १९, २०७६ मंगलबार  ६ : १३ बजे

बुटवल, १९ कार्तिक । तिहार सकिएको ३।४ दिन भईसक्दा पनि बुटवलमा भने तिहारको रौनक सकिएको छैन । शहरका हरेक टोलहरुमा हरेक दिन मध्यराती सम्म स्थानीय युवाहरुले देउसी भैलो खेल्ने क्रमलाई भने जारी राखेकाछन् । युवाहरुले प्रदर्शन गरेका कार्यक्रमलाई देउसी भैलो भनिएपनि कार्यक्रम हेर्दा देउसी भैलोको रंङ्ग भने देख्न सकिंदैन ।
औपचारीकरुपमा तिहार सकिएको ३।४ दिन भई सकेको भएपनि बुटवलमा देउसी भैलो नाम दिईएको सडक सांगितीक कार्यक्रमको रौनकले छाडेको छैन । स्थानीय युवाहरु हरेक दिन मध्यराती सम्म शहरका चौकहरुमा ठुलो आवाजमा गित संगित बजाउंदै नाचगान गर्नमा ब्यस्त छन् । युवाहरुको नाचलाई देउसी भैलो भनिए पनि ती नाचहरुमा देउसी भैलोको आभास भने पाउन सकिंदैन । केहि स्थानहरुमा कम्तीमा नेपाली लोक भाकामा नाचगान गरेको भेटिएपनि धेरै जसो स्थानमा हिन्दी गितको तालमा वा डीजे लगाएर नाचेको पाईएको छ ।
परम्परा देखि भट्याएर गाईने देउसी लोप हुने अवस्थामा त पुगेकै छ, नेपाली भाषाका गितहरु पनि बज्न कम हुंदै गएपछि कुनै बेला देउसी भैलो नै एकादेशको कथा पो बन्ने हो कि जस्तो देखिएको छ । युवाहरुमा देखिएको परिवर्तनले नेपाली संस्कृति खतरामा परेको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका प्रदेश नम्बर ५ का अध्यक्ष डिल्लीनारायण पाण्डे बताउंछन् ।
डिजेको तालमा नाच्ने र साउण्ड सिस्टममा गित बजाएर नाच्नु भैलो हो र ? भनेर भैलोमा सहभागि युवाहरुलाई सोध्दा उनीहरुसंग स्पष्ट उत्तर भने हुने गर्दैन । परम्परा र संस्कृति जोगाउने गरि राज्यले निती नबनाईदिंदा नेपाली संस्कृति लोप हुने अवस्था देखिएको बरिष्ठ पत्रकार डी आर घिमीरेको भनाई छ ।
त्यसो त बजारमा देखिएका बिकृतिको बिषयमा प्रदेश सरकार पनि जानकार छ । हस्तक्षप गर्दा अप्ठ्यारो पर्ने र नगर्दा संस्कृति बिग्रने खतरा रहेको प्रदेश नम्बर ५ मा संस्कृति मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग, पर्यटन, बन तथा वाताबरण मन्त्री लिला गिरी बताउंछन् ।
कतिपय स्थानीय पालिकाहरुले डिजे वा साउण्ड सिस्टम लगाएर देउसी भैशलो खेल्न नपाउने घोषणा गरेपनि त्यस्को कार्यान्वयन भने हुन सकेको छैन । नेपाली कला र संस्कृतिले नै नेपालको पहिचान बिश्व समुदायमा गराएको छ । कला र संस्कृतिमाथिको प्रहारलाई रोक्न स्थानीयबासी त जागरुक हुनु पर्छ नै स्थानीय सरकारले पनि बिशेष कानुन ल्याएर संस्कृति जोगाउन पहल गर्नै पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com