ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा मृत्यु भएका परिवारलाई कोरियाबाट सहयोग


admin

दमक, २० कात्तिक ।  मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापा, शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु ८० हजार रकम पीडित लिम्बूको बुबा टीकाराम लिम्बूलाई हस्तान्तरण गरिएको रिभर साइड फाउण्डेसनका अध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिनुभयो ।

रोजगारीका लागि इपिएस प्रणालीबाट दक्षिण कोरिया जान लागेका २२ वर्षीय लिम्बूको एक साताअघि दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको थियो । चापागार्इंका अनुसार आर्थिक अवस्था कमजोर भएका लिम्बूको परिवारलाई राहत पु¥याउन कोरियामा बस्दै आउनुभएका पासाङ शेर्पाको संयोजकत्वमा अभियान संकलन गरिएको थियो ।

यसअघि दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारमा सहयोग जुटाउन स्थानीय बासिन्दाले अनिल लिम्बू बचाउ अभियान सञ्चालन गरी करिब रु सात लाख बढी रकम संकलन गरिएको अभियानका सचिव नेत्र मावोले जानकारी दिनुभयो ।

डुबेर शिशुको मृत्यु 

यसैगरी आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबेर झापाको मेचीनगरमा गएराति एक शिशुको मृत्यु भएको छ ।

मेची नगरपालिका वडा नं–७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार साँझ पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ ।

डुबेर बेहोस अवस्थामा भेटिएका बालकको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com