ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्लामर,अनुभूति र स्वतन्त्रता


एबीसी न्यूज
भाद्र ३०, २०७६ सोमबार  १२ : ५७ बजे
शारदा शर्मा

सपिङमलको चेन्जिङ रुमबाट एकजना युवती निस्किन । अनि साथीहरुसंग भनिन् कस्तो लाग्यो ? ग्ल्यामरत हुनुपर्योनी । अचानक मेरो मुड बदलियो । मनभित्र अनगिन्ती ग्ल्यामरका रुप र रङहरुले मेरो मनलाई अलि बढीनै कौतुहल पुर्ण बनाए । सायद त्यसैको खोजमा म न्युरोड देखि मख्खन सम्म अनि बागबजार देखि दर्वारमार्ग सम्म भौंतारिंए । जहां मैले एक बित्ते लुगामा कुनै पुरुष अर्थात लोग्नेमान्छेलाई देखिन । एकबित्ते लुगामा सजिने मात्र आइमाइ अर्थात हामी केटीहरुनै थियौं ।

मैले सोचें आलुबारीमा आलुरोप्न जांदा मेरी हजुरआमाले सारीको फुर्कोले पसिना पुछ्दै भन्नुहुन्थ्यो यो सारी नभएर अरुनै कपडा लगाउन पाएपनि अलि सजिलो हुने थियो । उहांले कस्तो कपडा लगाउन चाहानुहुन्थ्यो थाहा भएन तर सोच थियो ग्लामार । परिवर्तन संगै समय बदलियो नयां नयां कुराको बिकास हुंदैगयो । हजुरआमाले साडी मात्र लगाइराख्नु पर्ने अवस्था रहेन । कुर्ता र पाइन्ट लगाए पनि हुने भयो । तर आखिर के हो ग्लामर ? मैले धेरै सोचें । अनि ऐना अगाढि उभिएर आफूलाई नियांले । ऐनामा तल देखि माथि सम्म हेर्दा म आंफूमा कुनै ग्लामर देखिन । सायद मेरो सोचमानै ग्ल्यामर छैन । जस्को कारण हुनसक्छ मैले चेन्जिङ रुम बाट निस्किंदै आंफूलाई ग्ल्यामर हुनुपर्यो भन्ने युवतीको ग्ल्यामर लाई राम्रोसंग बुझ्न सकिन । कम्तिमा पनि सजिलो लुगाले शरीर छोप्नुपर्छ भन्ने सोच भएकी मलाई त्यतिखेर आंफैलाई लाज लाग्यो । जतिबेला उनको शरीरमा हुनुपर्ने आवश्यक लुगानै थिएन ।

त्यसैको भेउ पाउन एकैछिन ऐना अगाडि उभिएर ग्ल्यामरको खोजिमा लागें । लगाएको स्वीटर काढ्दै गएपछि टमक्क सेता हात देखिए । तर पनि मैले लगाएको कपडा पूरा एक मिटरको थियो । लाग्यो यो कहां हुनसक्छ ग्ल्यामर ? शरीरका सबै कपढा हटाएर एकटकले आंफुले आफैलाई हेरे के यही हो ग्ल्यामर ? फेरि पनि मलाई ग्ल्यामरको धीत मरेन अव के गर्ने त्यहां भन्दा गर्ने र शरीर बाट लुगा हटाउने नैतिक सामाथ्र्य थिएन ममा । नत हटाउन मिल्ने लुगानै थियो । फेरि सम्झिंए ती युवतीलाई अनि शरीरमा भएको बांकी लुगा पनि हटाएर ऐना हेरे के यही हो ग्ल्यामर ? मैले मलमा देखेको ग्ल्यामर र आफूमा फरकत पाइन तर मलाई अनौठो अनुभूति भयो । यो कस्तो ग्ल्यामर हो ? जहां आफुले आंफैलाई गिज्याएको जस्तो आंफुलाइनै होच्याएको जस्तो ।

आंफुलाइनै नङ्याएको जस्तो । आधुनिकतको नाममा सोच्ने क्षमताको अन्तरदोन्द्ध मात्र भेटे मैले । यो सोचको कुरा रहेछ । बुझइको रहेछ अनि बिचारको रहेछ । समाज परिवर्तन संगै मान्छेमा आउने सोच बिकास र बिकृतिको एउटा संयोग रहेछ । सायद यही संयोगका दुइ पाटा बनेका रहेछौं हामी । हरेक बिषय बस्तुलाई फरक फरक नजरले हेर्न सक्ने अनि त्यसको गुंण र दोष को आधारमा छनोट गर्न सक्ने क्षमता हुन सक्नु पर्छ मान्छेमा । तर के ममा त्यो क्षमता नभएको हो ? आफूले आंफैलाई प्रश्न गर्दै जांदा मैले सोचें दुनियामा ग्ल्यामर महिलाहरु मात्र हुनसक्छन? किन केटाहरु ग्ल्यामर हुन सक्दैनन ? केटा र केटीमा ग्ल्यामर नाप्ने मापदण्डमा किन यति धेरै भिन्नता ? पुरा शरीर ढाकेर पनि केटाहरु ग्ल्यामर देखिन सक्ने ।

तर किन हामी ग्ल्यामर देखिन शरीरको लुगा फुकाल्नु पर्ने ? आधा लगाउनु पर्ने ? यो कस्तो निएम हो ? कस्तो संस्कार हो ? कस्तो परिभाषा हो ? हामी महिलाहरुको लागि मात्र ? फेरि कुरा आयो मुक्ति अनि स्वतन्त्रताको । सायद हाम्रो सोचमा ग्ल्यामर छैन त्यसैको कारण हुन सक्छ ग्ल्यामर शब्दलाई हामीले बुझ्न सकेनौं ।

ग्ल्यामरको परिभाषा र ब्याख्यामा समेत यतिधेरै कुंजिएका हामी महिलाहरु स्वतन्त्रताको कस्तो प्रहसन गर्दैछौं । समाज परिवर्तनशिल छ । परिवर्तन संगै समाजका हरेक परिबेश र परिघटनाहरु बद्लिनु पर्छ र बद्लिंदै गएका पनि छन् । समाज विकास संगै सोच र मान्यताहरुमा परिवर्तन हुन जरुरी छ । मुक्ति र स्वतन्त्रताको रङ्गीन सपना बोकेर सकाज बदल्न चाहने हामी । विकास र आधुनिकता संगै परिवर्तन भएर आफ्नो अधिकार स्थापित गर्न चाहाने हामी । तर यो कस्तो बदलाव हो ? यो कस्तो विकास हो ? अनि यो कस्तो आधुनिकता हो ? जुन बदलाव र विकासले समाजका दुई पक्षमानै यति ठूलो अन्तर ल्याइदिने । जुन आधुनिकताले हामीलाई पुरा नाङ्गो बनाइदिने । कतै मेरो सोचको अन्यौलतात होइन ? मेरो नजरको दोषत होइन ? अनि बदलिन नसकेको मेरो मानसिकतात होइन ? म निकैं अलमलिंए अनि ऐना अगाडि आफ्नो असन्तुलित ग्ल्यामर देखेर लाजले पानी पानी भएं ।

अनि सम्झें छाउपडी प्रथाको बिरोधमा संङघर्ष गरेर गोठबाट घरमा बसेकी उजेलीलाई । उसको सोचमा आएको बिकास र र बदलाब कति महान छ । समाजको पीडा सहन नसकेर बिरुद्धमा उठेकी बिधवा मैनालाई । जसले एकल महिलाहरुमा तहल्का नै मच्याई । रक्सी निषेधित क्षत्र घोषणा गर्नसक्ने साहसी आमा समूहलाई जहां परिवर्तनले यति धेरै उर्जा दियो । हर्केकाकाले गांउमा उन्नत तर्कारी खेती गरे । बुहारीलाई सहनै नसक्ने डल्ली काकीले छोरी जस्तै बुहारीलाई मायां गर्न थालिन् । छोरी बुहारीले पढेभने बिग्रन्छन भन्ने हमाल काकाले छेरीलाई पढाएर डाक्टर बनाए । ग्ल्यामरको ग नबुझेकी मैले उनीहरुमा ग्ल्यामर देखें । आधुनिकता देखें परिवर्तन देखें ।

खै किन हो सपिङ मलको अगाडि देखेको ग्ल्यामर ले मेरो आंखा रसाए । कति भयानक असमानताको विवस लडाइं लडिरहेका छौं हामी । यही समाजका दुई समान भूमिका भएका मान्छे । जहां एक जनाको अस्तित्व हुंदैन त्यहां परिवार र समाजको अस्तित्वनै समाप्त हुंदै जान्छ । तर त्यहां बन्ने र बनाइने संरचना अनि खडा गरिने परिबेश कति भिन्न छ ।

हामी महिलाहरुको लागि । आखिर यो कसले बनायो ? कसले निर्माण गर्यो ? धेरै प्रश्नहरुले दिमाख नाच्दै गर्दा सझिंए हामी महिलाहरु जस्लाई परिवर्तनको निकै भोक छ त्यही भोकको अग्नि ज्वाला मेटाउन हामी आ आफ्नो ब्याख्यामा ग्ल्यामर खोजिरहेको छौं । त्यहि भोक मेटाउन हामी नाङ्गिइरहेका छौं तर के वास्तवमै यही होत ग्ल्यामर ? सायद यही हो भने दुनियांमा पुरुष ग्ल्याामरहरु नभएकै हुनत ? एउटा पुरुष शरीर ढाकेर पनि ग्ल्यामर देखिन सक्छ भने हामी महिलाहरु किन सकिंदैन ? आफ्नै प्रश्नले म पसिना पसिना भएं । परिवर्तनको यो कहाली लाग्दो रुपले हामीलाई कहां पुर्याउला ? एकपटक छातीमा हात राखेर परिवर्तन र आधुनिकताको भुमध्य रेखामा आंफुलाई उभ्याउन खोजें । यो परिवर्तन होइन परिवर्तनको नाममा हामी माथि गरिएको अपमान र शोषण हो ।

यो आधुनिकरण होइन आधुनिकताको नाममा हामी माथि भएको ब्यभिचार हो । तर यसको अन्त कसरी ? अनुभूतिको एउटा लामो फेहरिस्त केलाउंदै जांदा सायद ग्ल्यामर नबुझेकी मैले ग्ल्यामरको यो सीमाङ्कनमा अनि भरिभाषमा कुनै भेउ पाउनै सकिनं । मलको अगाडि देखिएको ग्ल्यामर मात्र होइन अरु बिभिन्न ठांउमा देखिने ग्ल्यामरको यो परिभाषाले हामी महिलाहरुलाई कहां पुर्याउला अनि कस्तो स्वतन्त्रता प्रदान गर्ला ? २०६७ काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com