ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख नदिन आग्रह


admin

काठमाडौँ, १५ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । “नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,” उहाँले भन्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पर्यटकको सेवा सुविधालाई झन् व्यवस्थित बनाउन आग्रह गर्नुभयो । “मूल्यको प्रतिस्पर्धाका नाममा पर्यटकलाई दिने सुविधालाई सम्झौता गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले संघले स्थापनाकालमा लिएको उद्देश्य पूरा गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने पुरस्कार घोषणा गरेको छ । संघका संस्थापक सदस्य शम्भु तामाङको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले छनोट गरेको व्यक्तिको नाम घोषणा गरेको हो ।

यस वर्षको स्वर्गीय कुमार खड्गविक्रम साहसिक पुरस्कार आठ हजार मिटरभन्दा माथिको १४ हिमाल आरोहण गरिसकेका मिङ्मा शेर्पा, स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र स्व दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार द राइजिङ नेपालका पत्रकार वल्लभमणि दाहाललाई प्रदान गर्ने भएको छ ।

स्व कुमारखड्ग विक्रम साहसिक पुरस्कार र स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार पाउनेलाई पदक र सम्मानपत्र तथा स्व दावानर्बु पर्यटन पत्रकारिता पुरस्कार पाउनेलाई रु २५ हजार नगदद्वारा सम्मान गरिने संघले जनाएको छ ।

पुरस्कार संघको साधारणसभाका अवसरमा प्रदान गरिने छनोट समितिका संयोजक तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com