काठमाडौँ, २१ असार । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिनुभयो ...