ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले बन्ला दशरथ रंगशाला ?


admin
असार १३, २०७५ बुधबार  २ : ४५ बजे

काठमाडौँ, १३ असार । मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । 

गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो ।


रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र एशियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन । त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताउनुहुन्छ ।
“नेपालमै हुने ते¥हौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा हामी रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा छौं,” उहाँले रासससँग भन्नुभयो ।
सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्र्तगत पूर्वाधार पुनःनिर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले रंगशालाको पुनःनिर्माण कार्य अघि बढाउन समयमै बजेट नआएको गुनासो गर्नुभयो । अर्थमन्त्रालयले बजेट निकासा नगर्दा काम गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई समेत समयमै पैसा उपलब्ध गराउन नसकेको शाखाको भनाइ छ ।
सबै पक्षको सहयोग भएमा आगामी सन् २०१९ फेबु्रअरीभित्रै भिआइपी प्यारापिटसहित सम्पूर्ण प्यारापिटमा कुर्सी जडान गरी निर्माण कार्य सम्पन्न गरिसक्ने राखेपको दाबी छ ।
“हामी छिटो निर्माण कार्य सक्ने पक्षमा छौं, बजेट बेलैमा नआउँदा कसरी हुन्छ त समयमै काम ?” – निर्माण शाखा प्रमुख उपाध्याय प्रश्न गर्नुहुन्छ । अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्यारापिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो ।
बजेटको विषयमा प्रश्न गर्दा खेलकूद मन्त्री सुनारले केही समयभित्र अर्थमन्त्रालयबाट बजेट निकासा हुने जानकारी दिनुभयो । खेलकूद मन्त्रालयले रंगशाला पुनःनिर्माण गर्न रु ५५ करोड ४२ लाख छुट्याएको छ । यसअन्तर्गत रंगशालासहित पौडी पोखरी र राखेपको एउटा भवन पनि बन्नेछ ।
रंगशाला बनाउन भ्याट बाहेक रु १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ । भत्काउन र निर्माण शुरु गर्न अहिलेसम्म रु ५ करोड खर्च भइसकेको छ । रंगशाला बनाउन अझै साढे ११ करोड रुपैयाँ आवश्यक छ ।
क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्र्याक’ बनाउन चीनले सहयोग गर्नेछ । यस अघि पनि ती संरचना चीनले बनाइदिएको हो ।
रंगशाला निर्माणको जिम्मेवारी लिनुभएका निर्माण व्यवसायी सनकसिह राईले भत्काउने काम सकिएको र बनाउने काम एक महिना अघिदेखि शुरु भएको बताउनुभयो ।
ढलान र फलामलगायतको काम करीब २० प्रतिशत सकिँदासम्म पैसा नपाएको गुनासो निर्माण व्यवसायीको छ । “समयमै पैसा उपलब्ध गराए पो काम तीव्र गतिमा बढ्छ, नभए त काम गर्न नै गाह्रो हुन्छ,” निर्माण व्यवसायी राईले भन्नुभयो । समयमै भुक्तानी पाए सरकारको लक्ष्यअनुरुप निर्माण कार्य सम्पन्न गर्न सकिने उहाँको दावी छ ।
हाल निर्माणाधीन यस रगंशाला क्षेत्रफल १३६ रोपनी जमीनमा फैलिएको छ ।

दशरथ रंगशालाको इतिहास 
पहिले खाली मैदान रहेको यो स्थानमा विस २०१३ सालमा रंगशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो ।
राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रंगशाला बनाउने कामको जिम्मा दिइएको थियो ।
त्यतिबेला रंगशालाको पूर्वपट्टि सेनाको छावनी थियो । उत्तरतर्फ बाँसको झयाङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रंगशालाको पहिलोे संरचना त्यही बेला बनेको हो ।
राखेप सदस्यसचिवका रुपमा विस २०३४ मा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । विसं २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भयो ।
रंगशालाको अहिलेको स्वरूप २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

रंगशाला काण्ड 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच प्रतिस्पर्धा भइरहेको थियो । विस २०४४ फाग्न २९ गतेको त्यो दिन अचानक हावाहुरीसहितको वर्षा हुँदा रंगशालामा भएको भागदौड मच्चियो र ७१ खेलप्रेमीले ज्यान गुमाए । सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिनुभयो । यो घटनालाई नेपाली खेलकूदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ ।
खेल क्षेत्रलाई माथि उठाउने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यसपटक सातै प्रदेशमा रंगशाला बनाउने योजना पारिएको छ । यसवर्ष प्रदेश नं २, ६ र ७ गरी तीन ठाउँमा रंगशाला बनाउने योजना रहेको राखेपले जनाएको छ । यसका लागि सरकारले रु सात करोड ५० लाख छुट्याएको छ ।
रंगशाला निर्माणका लागि सरकारले यसअघि कायम भएका ७५ मध्ये ७३ जिल्लामा जग्गा छुट्याएको भएपनि अधिकांश जिल्लामा रंगशाला निर्माण प्रक्रिया शुरु पनि हुन सकेको छैन । राखेपका अनुसार अहिलेसम्म मुगु र रौतहटमा खेल मैदान बनाउन जग्गाको जोहो गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com