ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज घर फर्किने पालो कस्को अर्जेन्टिनाको कि फ्रान्सको ? यस्तो छ इतिहास


एबीसी न्यूज
असार १६, २०७५ शनिबार   १० : २४   बजे

काठमाडौं १६ असार । रुसमा जारी २१औँ संस्करणको विश्वकपमा शनिबार राति पौने ८ बजेदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् ।

हेवीवेट टोलीहरु सन् १९९८ को विजेता फ्रान्स र दुई पटकको विश्वविजेता अर्जेन्टिनाबीच शनिबार राति पोने ८ बजे काजान एरिनामा हुने खेलसँगै प्रिक्वार्टरफाइनल चरण सुरु हुनेछ । आजै पोर्चुगलले पनि दुई पटकको च्याम्पियन उरुग्वेको सामना गर्दैछ ।

स्टार डिफेण्डर स्याम्युअल उम्टिटीले समूह चरणमा फ्रान्सको प्रदर्शनबारे भइरहेको आलोचनाको बचाउ गर्दै दावी गरेका छन् कि उनको टोली जित हासिल गर्नका लागि आफ्नो रणनीति जतिबेला पनि बदल्न सक्छ ।

समूह सीका तीन खेलमा ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगे पनि डिडिएर डेसच्याम्पको टोली फ्रान्सले आफ्नो वास्तविक गति भेट्टाउन सकेको छैन । मंगलबार डेनमार्कविरुद्ध गोलरहित बरारीले डेनमार्क नकआउट चरणमा पुग्दा फ्रान्सेली टोलीको धेरै आलोचना भयो ।
फ्रान्सको अर्को भेट अर्जेन्टिनासँग हुँदैछ र यो विश्वकपको पहिलो सनसनी खेल हो ।

बिहीबारको पत्रकार सम्मेलनमा अधिकांश समयमा मेस्सीको चर्चा गरिएपछि उम्टिटीले भनेका छन् कि अर्जेन्टिनालाई नकआउट गरेपछि मात्र उनलाई सन्तुष्टि मिल्नेछ ।

‘मात्र अर्को चरणमा पुग्नु हाम्रा लागि महत्वपूर्ण छ ।’ उनले भने, ‘हाम्रो बाटोमा चाहे ब्राजिल होस, मेक्सिको होस् या पेरु मतलब छैन । तर, यो चाहिँ सत्य हो कि अर्जेन्टिना जस्तो महान टोलीसँग खेल्न पाउनु र उसलाई नकआउट गर्न पाउनु साँच्चिकै गर्वको क्षण हुनेछ ।’
यस्तो छ इतिहास
– अर्जेन्टिना र फ्रान्स अहिलेसम्म १२ पटक आमनेसामने भएका छन् । जसमा ६ खेल अर्जेन्टिनो जितेको छ भने फ्रान्सले २ खेल तथा ३ खेल बराबरीमा सकिएको छ ।

– आफू सहभागी भएको १३ विश्वकपमध्ये १२ संस्करणमा अर्जेन्टिनाले समूह चरण पार गरेको छ । सन् २००२ को विश्वकपमा मात्रै उ समूह चरणबाटै बाहिरिएको थियो ।

– पेनाल्टी शुटआउटलाई छाडेर फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्लो ११ मध्ये एक खेलमा मात्र पराजय ब्यहोरेको छ । ८ खेल जितेको छ भने २ खेलमा बारबरी खेलेको छ । उसले पछिल्लो पटक सन् २०१४ मा जर्मनीसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

– फ्रान्सले जारी विश्वकपको समूह चरणका तीन खेलमा जम्माजम्मी ५ शट ब्यहोरेको छ । उसले समूहमा मात्र एक गोल खाएको छ ।

– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । उनले ६६६ मिनेट खेलेका छन् । उनले फ्रान्सविरुद्ध पछिल्लो पटक सन् २००९ को मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । जुन खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।

– ओलिभर जिरोडले फ्रान्सका लागि ठूला प्रतियोगितामा गोल गर्न नसकेको ३५७ मिनेट भयो । पछिल्लो पटक उनले युरो २०१६ मा आइसल्याण्डविरुद्ध खेलेका थिए । जारी विश्वकपमा उनले अहिलेसम्म एउटा शट पनि प्रहार गर्न सकेका छैनन् ।

– डिडियर डेसच्याम्पका लागि फ्रान्सको प्रशिक्षकको रुपमा यो ८०औँ खेल हो । यस खेलपछि उनले पूर्व प्रशिक्षक उनले रेमण्ड डोमेनिकलाई पछि पार्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group