काठमाडौँ, २२ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको १२औँ मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको ...