रूपन्देही क्षेत्र नं. १ मा पुराना दललाई नयाँको कडा चुनौती विविध पृष्ठभूमिका उम्मेदवारहरू, थारू-मधेसीदेखि गुरुङ-मगरसम्मका मुद्दा केन्द्रमा बुटवल : रूपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ दक्षिणमा भारतीय सीमासँग जोडिएको तराई क्षेत्र र उत्तरमा पाल्पा जिल्लाको पहाडी सीमासम्म फैलिएको विविध जातीय तथा सांस्कृतिक मिश्रित क्षेत्र हो। ...