काठमाडौं, २ साउन । जिब्रोमुनि सुन लुकाएर ल्याउन तीनजना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शारजाहबाट आएको एयर अरेबियाको बिमानबाट जिब्रोमुनि सुन लुकाई ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले कोटको टाँक जस्तो बनाएर जिब्रोमुनि लुकाई ल्याएको अवस्थामा सुन भेटिएको ...