ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै रोकिएन सडक दुर्घटना , ज्यान गुमाउनेको संख्या बढ्दै


bhawani desk
श्रावण १, २०७५ मंगलबार   १२ : ०४   बजे

बर्दिवास, १ साउन । महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ ।

पछिल्ला चार वर्षको तथ्यांकानुसार गत आव २०७४÷७५ मा भएका ८७ सडक दुर्घटनामा सर्वाधिक ४४ जनाको मृत्यु भएको छ जसमा १२ वर्षमुनिका ११ बालबालिका, नौ वयष्क महिला र बाँकी २४ वयष्क पुरष छन् । गत आवका कात्तिक, फागुन र जेठ महिनामा सबैभन्दा बढी ११÷११ सडक दुर्घटना भएका छन् ।

यसअघि आव २०७१÷०७२ मा १९, आव २०७२÷०७३ मा २४ र आव २०७३÷०७४ मा २९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिनुभयो । पछिल्लो आव २०७४÷७५ मा त ६६ जना अङ्गभङ्ग नै भएर गम्भीर घाइते भएको कार्यालयले जनाएको छ ।

धमाधम नयाँ सवारी साधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्ड बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको प्रनि मैनालीको ठम्याइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आव २०७४÷७५ मा कार्यालयले २४ हजारमाथि कारवाही गरेर रु एक करोड ६० लाख राजश्व संकलन गरेको छ । सो तथ्यांक पनि पछिल्ला तीन आवमा सबैभन्दा बढी हो ।

यसअघि आव २०७३÷७४ मा गरिएका २३ हजार ५३५ कारवाहीबाट रु एक करोड ४६ लाख ५५ हजार राजश्व सङ्कलन भएको थियो ।

त्यसैगरी आव २०७२÷७३ मा गरिएका १५ हजार ५२ कारवाहीबाट रु ७६ लाख ६० हजार ९०० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान सञ्चालन गरिएको जनाएको छ । गत आव २०७४÷७५ मा १५ विद्यालयमा सञ्चालन गरिएका कक्षामा एक हजार २८० विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको थियो ।

त्यसैगरी सुरक्षित चालक बनाउन सञ्चालन गरिएका ५५ कक्षामा एक हजार २८० चालकलाई, ८४ कक्षामा तीन हजार ३७२ यातायात व्यवसायीलाई र ४९ कक्षामा एक हजार ६८० सर्वसाधारणलाई ट्राफिक शिक्षा दिइएको प्रनि मैनालीले जानकारी दिनुभयो ।
यसैगरी चार अन्तरक्र्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group