पोखरा, ४ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि जनतामाझ त्यसको आवश्यक प्रचारप्रसार गर्न नसक्दा पार्टीले ...