काठमाडौं, २ असार । न्युजिल्याण्डमा २४ दिनपछि फेरि दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका दुई महिला बेलायतबाट आएका थिए। बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति दिइएको थियो। उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। ...