एजेन्सी, ८ फागुन । सात राष्ट्रहरूको समूह (जी–७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ...