काठमाडौं,१३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनुभएको छ । आजदेखि शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत ...